+
+

‘जात व्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ शीर्षकमा चित्रकला प्रदर्शनी हुने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते ११:४६

काठमाडौं । ‘जात व्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ शीर्षकमा काठमाडौंमा एक साता लामो चित्रकला प्रदर्शनी हुने भएको छ । सामरी उत्थान सेवा र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा यही मंसिर १४ देखि २० गतेसम्म नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्रदर्शनी कक्षमा चित्रकला प्रदर्शनी हुने भएको हो ।

प्रदर्शनीमा देशभरबाट दलित समुदायका यौनिक तथा लैङ्गिक अल्पसंख्यक (एलजीबीटीआईक्यू) कलाकारसहित ३८ कलाकारका चित्रकला राखिनेछन् ।

चित्रकला प्रदर्शनीले दलित आन्दोलन र एलजीबीटीआईक्यू समुदायको आन्दोलनभित्र जातका आधारमा दलित एलजीबीटीआईक्यू व्यक्तिले भोग्नु परेको बहिष्करण र विभेदविरुद्ध आम बहसको वातावरण सिर्जना हुने आयोजककझ अपेक्षा छ । आयोजक संस्था सामरी उत्थान सेवाका कार्यकारी निर्देशक विमला गायकले प्रदर्शनीले दलित समुदायका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको कला र क्षमताको उजागर गर्नुका साथै उनीहरूबीच अधिकारका लागि संगठित पहल गर्नका लागि समेत प्रेरणा दिने बताइन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका हस्तकला विभाग प्रमुख प्राज्ञ अरुणा हिङमाङले यो चित्रकला प्रदर्शनी नेपाली कला इतिहासमै सम्भवत: पहिलो भएको बताइन् । उनले ललितकला प्रतिष्ठान सीमान्तकृत समुदायको कला र सिर्जनाको प्रवर्द्धनका लागि मात्रै नभएर उनीहरूको अधिकारका लागि समेत प्रतिबद्ध रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?