+
+

महोत्तरीमा पेस्तोल खेलाउँदा जवानलाई गोली लागेको घटनामा संलग्न असई यादव निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १२:४५

११ मंसिर, जनकपुरधाम । महोत्तरीमा पेस्तोल खेलाउँदा पड्केर प्रहरी जवानलाई गोली लागेको घटनामा संलग्न असइ निलम्बनमा परेका छन् ।

महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादव भन्ने रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो ।

आइतबार अपराह्न असइ यादवलाई प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले निलम्बन गरेको कार्यालयका प्रवक्ता एसएसपी प्रविन पोखरेलले जानकारी दिए ।

डाँका समातेको खुसीमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक ३० गते राति भएको रात्री भोज खाएर फर्केपछि असई यादवले पेस्तोल खेलाउँदा सेन्टरी बसेका प्रहरी जवान राजेश कुमार घाइते भएका थिए ।

अनलाइनखबरले यो घटना सार्वजनिक गरेपछि महोत्तरी प्रहरीले असई यादवलाई निलम्बन प्रक्रियाको लागि प्रदेश प्रहरी कार्यालय जनकपुरलाई पत्र पठाएको थियो ।

एक पाखुरामा गोली लागेर घाइते भएका जवानलाई असई यादवले घटना लुकाउन भारत उपचारमा पठाएका थिए । भरतीय प्रहरीले थाहा पाएपछि सप्तरी प्रहरीलाई खबर गरेका थिए । घाइते प्रहरी जवानको घर सप्तरी हो । सप्तरी प्रहरीले महोत्तरी प्रहरीलाई गत शुक्रबार जानकारी गराएको थियो ।

लगतै महोत्तरी प्रहरीले असई यादवलाई चौकीको जिम्मेवारीबाट हटाएर जिल्ला तानेको थियो । घटना छानबिन गर्न महोत्तरी प्रहरीले छानविन टोलि गठन गर्ने तयारी गरेको छ ।

हिजो मात्र निलम्बन भएकाले आज वा भोलिमा छानबिन टोली गठन गर्ने महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

गत कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका-८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हातहतियारसहितको ७/८ जनाको समूहले लुटपाट गरेको थियो ।

त्यस घटनामा संलग्न रहेको आरोपमा गत कात्तिक २८ गते महोत्तरी प्रहरीले रौतहटबाट सर्लाही लालबन्दी नगरपालिका-२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई पक्राउ गरेर ल्याएको थियो । त्यही खुसीमा दुई दिनपछि कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रिभोज आयोजन भयो ।

असई यादव पनि डाँका पक्राउ गर्न जाने टोलिमा खटिएकाले उनलाई पनि रात्री भोजमा सहभागी गराइएको थियो । चौकीमा फर्केपछि रमाइलो गर्न पेस्तोल खेलाउँदै गर्दा पड्किएर गोली सेन्टरी बसेका जवान साहलाई लागेको स्रोतको दाबी छ । । स्रोतका अनुसार असई यादवले भने चेन्जर सफा गर्ने क्रममा पेस्तोल पड्केर पोलमा लागि फर्किएर प्रहरी जवानलाई लागेको दाबी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?