+
+

वेश्यावृत्तिमा लगाएको आरोपमा स्पा सेन्टरका सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १९:१७

११ मंसिर, काठमाडौं । रातोपुलस्थित एक स्पा सेन्टरमा छापा मारेर प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक दिनेश पौडेललाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

ब्यूरोका एसपी कृष्ण पंगेनीका अनुसार, स्पाका नाममा युवतीहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको छ ।
‘त्यहाँबाट ३ जना नाबालिकालाई उद्दार गरेर उनीविरुद्ध अनुसन्धानका लागि अदालतबाट पाँच दिन म्याद लिइएको छ’, उनले भने । पौडेलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाही प्रक्रिया अघि बढ्नेछ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पौडेलले गाउँका युवतीहरुलाई आकर्षिक जागिर दिने भन्दै प्रलोभन देखाएर काममा लगाउने गरेका थिए । त्यसक्रममा पुरुषहरुसँग अश्लिल क्रियाकलाप गरेको भिडियो, फोटो आफूसँग सुरक्षित छ भनेर समेत धम्क्याउने गरेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?