+

काठमाडौंमा एकेएफ रेफ्री तथा कोच सेमिनार सुरु

२०८० मंसिर  १४ गते ८:१६ २०८० मंसिर १४ गते ८:१६
काठमाडौंमा एकेएफ रेफ्री तथा कोच सेमिनार सुरु

काठमाडौं । नेपाल कराते महासंघको आयोजनामा एसियाली कराते महासंघ (एकेएफ) रेफ्री तथा कोच सेमिनार बुधबारदेखि सुरु भएको छ ।

सेमिनारमा नेपाल, बंगलादेश, पाकिस्तान, भारत र श्रीलंका गरी ५ राष्ट्रको सहभागिता रहेको मिडिया संयोजक एवं आठौं दक्षिण एसियाली खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता रवि महर्जनले जनाएका छन् ।

सेमिनारमा नेपालबाट ८०, बंगलादेशबाट २६, पाकिस्तानबाट १, भारतबाट ४० र श्रीलंकाबाट ११ जना सहभागी छन् । सेमिनार एकेएफअन्तर्गत रेफ्री कमिसनका अध्यक्ष मन्सुर अल सुल्तान, सचिव माइकल हुवाङ तथा सदस्य अस्कर र जाबर तथा नेपाल कराते महासंघअन्तर्गत रेफ्री कमिसनका संयोजक प्रकाशमोहन धौवडेलले सञ्चालन गरिरहेका छन् ।

नेपाल कराते महासंघले आयोजना गर्ने सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपको पूर्व सन्ध्यामा सेमिनार आयोजना गरिएको हो । गोदावरीको भ्यु भृकुटिमा भइरहेको सेमिनार बिहीबार सम्पन्न हुनेछ ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबारदेखि सुरु हुँदै छ ।

रेफ्री

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय