 
																			१५ मंसिर, काठमाडौं । कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सामुहिक प्रयासबाट अर्थतन्त्रका समस्या समाधान गरिने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ समूहले अवान्छित फाइदा उठाउन खोहिरहेको टिप्पणी गरे ।
‘अहिलेको लोकतान्त्रिक व्यवस्थाप्रति नै स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको छ’ उनले भने ‘सरकार जिम्मेवारीका साथ अर्थतन्त्र सुधारमा लाग्छ, प्रधानमन्त्रीले गम्भीर पहल गरेकाले अर्थतन्त्र आफ्नो लयमा फर्किने छ ।’
सरकारले चालेका कदमका कारण ब्याजदर घट्दै गएको र पुँजी बजार तथा घरजग्गा व्यवसायले लय समाउन लागेको उनको दाबी छ । ‘अर्थतन्त्र जोखिममुक्त भइसकेको छैन, हामीबीच समस्या लुकाएर होइन, स्विकारेर अगाडि बढ्ने हो’ खड्काले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4