+
+

एनएसएलमा चितवनको पहिलो जित (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० मंसिर १५ गते २०:५८

१५ मंसिर, काठमाडौं ।  नेपाल सुपर लिग एनएसएल फुटबलको इतिहासमा नवौं खेलमा आएर पहिलो जित हात पारेको छ ।

पहिलो सिजनमा खेलेका ६ खेलमा ४ हार र २ बराबरी गरेको चितवनले यो सिजनमा तेस्रो खेलमा जित निकाल्ने क्रममा वीरगञ्ज युनाइटेड एफसीलाई २-१ अन्तरले हरायो ।

जारी सिजनमा चितवन एफसी पोखरासँग १-० ले पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १-१ को बराबरीमा रोकिएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको चितवनलाई जिताउन विमल घर्ती मगर र तोरिक जब्रिनले गोल गरे ।

वीरगञ्जका एकिन्स बाफोरले १ गोल गरे पनि त्यो हार टार्न पर्याप्त भएन ।

हेर्नुहोस् वीरगञ्जमाथि चितवनको जितका तस्वीरहरू : 

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?