+
+
Shares

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १४:५१

१७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।

नेकपा एमालेले सुरु गरेको महाकाली-मेची यात्राका क्रममा आइतबार बिहान अछामको विनायकमा पत्रकारसित कुरा गर्दै उनले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताए ।

२०७९ को १७ जेठमा भएको बेपत्ता भएका शाही पछि मृत भेटिएका थिए ।

शाहीको मृत्युको प्रशंग निकाल्दै ओलीले भने, ‘विनोद शाही जस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म बिरोध गर्न चाहन्छु,’ अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै मान्छेलाई मारेर एउटा मान्छे मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो ।’

ओलीले शाहीलाई शहीद घोषणा पनि गरे । उनले भने, ‘म विनोद शाहीलाई शहीदको रुपमा घोषणा गर्दछु ।’

अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको आरोप उनले लगाए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?