+
+

शाहरुख खानको ‘डंकी’ ट्रेलर : विदेशिन संघर्ष गर्ने पञ्जाबका गाउँले युवाको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते ११:४७

काठमाडौं । ‘पठान’ र ‘जवान’जस्ता हिट फिल्मपछि फ्यानले शाहरुख खानको आगामी फिल्म ‘डंकी’लाई व्यग्रतासाथ प्रतीक्षा गरिरहेका छन् । निर्देशक राजकुमार हिरानीसँग यो उनको पहिलो सहकार्य हुनेछ ।

यो कमेडी फिल्मको शीर्ष भूमिकामा शाहरुखसहित तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, अनिल ग्रोभर लगायतको अभिनय छ । यो फिल्मलाई कथाकार तथा निर्देशक हिरानीले नै निर्माण गरेका हुन् । फिल्ममा शाहरुख खान आफ्नो ‘पठान’ र ‘जवान’ स्टाइलभन्दा फरक देखिनेछन् ।

फिल्मको ट्रेलर सन् १९९५ को कथाबाट सुरु हुन्छ । ‘थ्री इडियट्स’ फेम्ड निर्देशक हिरानीले यसमा पनि उस्तै महसुस हुने संसारको निर्माण गरेका छन् । तर यसमा ज्यानको जोखिम लिएर विदेशिन बाध्य विद्यार्थीको कथा पेश गरिएको छ ।

रेलको दृश्यमा शाहरुख (हार्डी)को पहिलो झलकले तपाईंलाई उनको फिल्म ‘दिलवाले दुल्हनियाँ ले जायेंगे’ सम्झाउँछ । ३ मिनेट २१ सेकेण्डको यो भिडियोमा एक्सन र भावनाको मिश्रण छ । शाहरुख खानको पात्र पञ्जाबको सुन्दर गाउँ लल्टु पुग्छ र मनु, सुखी, बग्गु र बल्ली जस्ता साथीलाई भेट्छ । तिनीहरू सबैको एउटै सपना छ– राम्रो अवसरको खोजीमा लण्डन जाने र परिवारलाई राम्रो जीवन प्रदान गर्ने ।

निर्देशक हिरानी फिल्मी जगतमा उनको असाधारण कथा वाचनको लागि परिचित छन् । ‘डंकी ड्रप १’ हुँदै ‘ड्रप ४’ नाम दिइएको ट्रेलरमा थ्रिलर पनि समावेश छ ।

जियो स्टुडियो, रेड चिल्लीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म्सद्वारा प्रस्तुत ‘डंकी’ राजकुमार हिरानी र गौरी खानले निर्माण गरेका हुन् । अभिजात जोशी, राजकुमार हिरानी र कनिका ढिल्लनले लेखेको यो फिल्म २१ डिसेम्बर २०२३ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?