+
+

मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ : चेम्बर अध्यक्ष मल्ल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १२:२८

२० मंसिर, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् ।

भक्तपुर चेम्बर अफ कमर्सको छैठौं साधारण सभा एवं तेस्रो अधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य महत्वपूर्ण रहेको बताए ।

उनले भने,‘अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य गरिनुपर्दछ । सरकारी तर्फबाट भएका कमजारीलाई पनि सुधार गरिनुपर्दछ । करको दायरामा आउने कुरामा निजी क्षेत्र पनि उदार हुनुपर्दछ ।’

मुलुकमा पछिल्लो समय आर्थिक सूचकहरु सकारात्मक भएपनि निजी क्षेत्र र आमसर्वसाधरणले त्यसको व्यवहारिक अनुभूति गर्न नसकेको अध्यक्ष मल्लको भनाइ छ ।मुलुकमा उद्योगिक एवं व्यवसायिक वातावरण बन्न नसक्नुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको अध्यक्ष मल्लको भनाई छ ।

सरकारले गर्ने खर्चमा मितव्ययिता अपनाउन आवश्यक रहेकोमा अध्यक्ष मल्लले जोड दिए । उनले भने, ‘सरकारले चालु खर्चमा मुठ्ठी कस्नुपर्ने बेला आएको छ । ऋण लिएर चालु खर्च गर्नुपर्ने अवस्था आउनु मुलुकका लागि सकारात्मक हैन । खर्च पारदर्शिता कायम गर्न आवश्यक छ, ।’

बजेटमा महत्वकांक्षी कार्यक्रमहरु घोषणा भए पनि कार्यन्वयन योजना प्रभावकारी हुन नसक्दा समस्या भएको उनले बताउ ।

उनले सरकार फेरिएसँगै नीतिहरु फेरिनाले पनि अर्थतन्त्र संघै अस्थिर हुने गरेको बताए । अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबाट साना तथा मझौला उद्योग सवै भन्दा बढी प्रभावित भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?