+
+

प्रिती र दीपाले किकस्टार्टबाट आई लिग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १४:३७

२० मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रिती राई र फरवार्ड दिपा शाहीले पहिलो पटक भारतमा व्यवसायिक फुटबल खेल्ने भएका छन् ।

यी दुई युवा खेलाडीले किक स्टार्टबाट यो संस्करणको भारतीय महिला लिग (आईलिग) खेल्ने भएका हुन् । प्रतियोगिता डिसेम्बर ८ बाट सुरु हुनेछ । प्रतियोगिताका लागि प्रिती र दिपा बिहीबार भारत प्रस्थान गर्नेछन् ।

किकस्टार्टले डिसेम्बर ९ मा होप एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यससँगै यस संस्करणको आई लिगमा अनुबन्ध हुने नेपाली खेलाडीको संख्या चार पुगेको छ ।

यसअघि गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा र डिफेन्डर गीता राना सेथु एफसीमा आबद्ध भएका थिए ।

अघिल्लो संस्करणमा किकस्टार्टबाटै नेपाली खेलाडी सरु लिम्बु र रेनुका नगरकोटीले खेलेका थिए । दिपाले भने उमेर नपुगेका कारण खेल्न पाएकी थिइनन् ।

यसअघिको सिजनमा अनुबन्ध भए पनि चोटका कारण खेल्न नपाएकी गीता भने भारत प्रस्थान गरिसकेकी छिन् । नेपालमा भने प्रितीले एपीएफ र दिपाले आर्मीबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?