+
+

केपी ओली कप च्याम्पियन मधेश टिमलाई मधेश सरकारले ५ लाख दिने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १९:३८

२० मंसिर, जनकपुरधाम । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको च्याम्पियन मधेश प्रदेश टिमका खेलाडीलाई मधेश सरकारले ५ लाख रुपैयाँ दिने भएको छ ।

बुधबार मधेश भवनमा खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले खेलाडी प्रोत्साहनका लागि ५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार खडा गरिने पनि बताए ।

बुधबार मुख्यमन्त्री यादव, प्रदेश सभा सदस्य रामअशिष यादव,  प्रदेश प्रमुख सचिव दिनेशकुमार घिमिरेले खेलाडी, प्रशिक्षक एवं पदाधिकारीहरुलाई खादा ओढाएर सम्मान गरेका थिए ।

गत १५ मंसिरमा भएको केपी ओली टी-२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै च्याम्पियन बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?