+

उमेर बढ्दै गएपछि आईभीएफबाट बच्चा जन्माउन कति गाह्रो हुन्छ ?

२०८० मंसिर  २१ गते १३:४८ २०८० मंसिर २१ गते १३:४८
उमेर बढ्दै गएपछि आईभीएफबाट बच्चा जन्माउन कति गाह्रो हुन्छ ?

‘यो चमत्कार नै हो ।’

युगान्डाको राजधानी कम्पालामा २९ नोभेम्बरमा आइभिएफ प्रविधिबाट ७० बर्षीय सफिना नामुकवायाको मुखबाट निस्केको पहिलो वाक्य यहीँ थियो । उनले जुम्ल्यहा बच्चा जन्माएकी थिइन् ।

अफ्रिकी देशमा बच्चा जन्माउने सबैभन्दा वृद्ध महिलामध्ये सफिना पनि एक हुन् ।

उनले महिला अस्पताल अन्तर्राष्ट्रिय र प्रजनन केन्द्र (डब्लुएचआइएडएफसी) मा सिजेरियनमार्फत एक छोरी र एक छोरोलाई जन्म दिएकी थिइन् ।

डब्ल्यूएचआई एण्डएफसी प्रजनन विशेषज्ञ डा. एडवर्ड तामले सफिनाले दाताको अण्ड र आफ्नो पतिको शुक्रकीटको सहयोगमा यी दुई जुम्ल्याह बच्चालाई जन्म दिएकी हुन् ।

तीन वर्षअघि सन् २०२० मा सफिना नामुकवायाले यस्तै तरिकाले छोरीलाई जन्म दिएकी थिइन् । उनले बुढ्यौलीमा पनि आमा बन्नुको एउटै कारण थियो सामाजले निसन्तान भएको कारणले गरिने व्यवहार र गुनासो ।

सफिना जस्तै अर्की महिला गीताले पनि निःसन्तान भएकै कारण समाजबाट धेरै गाली, अपहेलना, समाजमा नराम्रो व्यवहार खेप्नु परेको थियो । पछि उनले पनि आइभिएफबाट २०१६ मा एक बच्चालाई जन्म दिइन् ।

निःसन्तानको दुःख, पीडा हटाउने माध्याम

गीता विवाह भएको २५ वर्षपछि आमा बनिन् । त्यसबेला उनको उमेर ४२ वर्षको थियो । अहिले उनको छोरा ७ वर्षको भइसकेको छ । उनको सुखी परिवार छ ।

गीताको श्रीमान मनोज भन्छन्, ‘विवाह भएको धेरै वर्षमा पनि बच्चा नहुँदा आफन्त, छिमेकी सबैले बारम्बार बच्चा किन भएन भनेर घोचपेच गरिरहन्थे । यही कारण धेरै नातेदारसँग बोलचाल बन्द भयो । कति वैवाहिक वा अरु समारोहमा जान छाड्यौं ।’

आइभिएफ अर्थात इनभिट्रो निषेचन प्रविधि भनेको के हो ?

यसको सुरुवात सन् १९७८ मा भएको थियो, जब लेन्सी ब्राउन विश्वमै पहिलो पटक टेस्ट ट्युब बेबी जन्माउने पहिलो आमा बनिन् ।

भारतको गुजारतस्थित आकांक्षा अस्पताल एवं अनुसन्धान संस्थानका मेडिकल डाइरेक्टर डा. पटेल भन्छन्, ‘आइभिएफको प्रयोग त्यसबेला गरिन्छ, जब महिलाको ट्युब संक्रमण वा अन्य कारणले खराब भएको हुन्छ ।’

उनले भनेकी छिन्, ‘यसमा हामीले अण्ड र सुक्रकिटलाई ल्याबमा लगेर निषेचन गर्छौं । त्यसबाट जब भ्रुण तयार हुन्छ, त्यसलाई महिलाको गर्भाशयमा राखिन्छ ।’

यस किसिमको प्रविधिले कतिपय दम्पतीलाई सन्तान सुख प्राप्त भएको छ भने महिलालाई ‘बाँझोपन’को शिकारबाट मुक्त गरेको छ ।

यसैगरी सन् १९९१ मा प्रयोगमा ल्याइएको इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन (आईसीएसआई) प्रविधिलाई यस क्रान्तिको दोस्रो चरण मानिन्छ । उनका अनुसार ‘आईसीएसआईबाट त्यस दम्पतीलाई आमाबुवा बन्न सहज हुन्छ, जसमा पुरुषको शुक्रकिट कम वा गुणस्तरहीन भएको कारण गर्भधानमा समस्या भइरहेको हुन्छ ।’

के यो भनेजस्तै सजिलो छ ?

पक्कै पनि सजिलो छैन । पछिल्लो केही वर्षमा आइभिएफ अत्याधिक रुपमा बढेको छ । तर यो एकचोटी प्रक्रिया पु¥याउन साथ आमा बनिहाल्छ भन्ने हुँदैन । कहिले काँही धेरै पटक यो प्रक्रिया मार्फत पनि आमाबुवा बन्न सक्दैनन् । पटक पटक प्रयास गर्दा पनि असफल भएका घटना धेरै छन् ।

यस विषयमा डा.पटेल यसो भन्छन्, ‘कहिले काँही पहिलो पटक प्रयासमा आमा बन्न सकिन्छ भने कहिले काहीँ यो प्रक्रिया धेरै लामो हुनसक्छ ।’ यसको जल्दोबल्दो उदाहरण हुन् गीता । गीताले आइभिएफको सहारा लिएको लगभग दुई वर्ष पछि आमा बन्न सफल भएकी थिइन् ।

आठ असफल चक्रपछि, उनले नवौं पटक गर्भवती भइन् तर केही महिनापछि गर्भपात भएको थियो । त्यसपछि, दशौं चक्रमा उनले बच्चा जन्माएकी थिइन् ।

यो दुई वर्षको उपचार अवधिमा उनका पति मनोज हरदम उनको साथमा थिए । धेरैजसो अवस्थामा, आमा बन्न चाहने महिलाहरूले आफ्नो परिवारको समर्थन पाएका हुँदैनन् ।

सफल हुन्छै भन्ने टुंगो छ ?

यसबारे डा. नेना पटेल भन्छिन्, ३५ वर्ष मुनिका महिलाको हकमा ८० प्रतिशत सफलता प्राप्त हुन्छ भने महिलाको उमेर ३५ देखि ४० वर्षको बीचको उमेरमा बच्चा जन्माउने सम्भावना ६० प्रतिशतसम्म हुन्छ । त्यस्तै ४० वर्षभन्दा माथि उमेर पुगेमा १८ देखि २० प्रतिशत मात्रै सफलता प्राप्त हुने सम्भावना हुन्छ ।

भावनात्मक उतारचढावको चुनौती

दिल्लीको ब्लूमआईभीएफ सेन्टरका आईभीएफ विशेषज्ञडा. सुनिता अरोडाका अनुसार यसका लागि आउने जोडीहरू अक्सर भावनात्मक रूपमा विचलित हुन्छन् । सन्तान नपाएपछि मानिसले कस्तो दबाव भोग्नुपर्ने हुन्छ भन्ने कुरा यसबाट पीडितहरुले एकपटक विष सेवन गरेर आत्महत्या गर्ने सोच बनाएको टिप्पणीबाट पनि अनुमान लगाउन सकिने डा सुनिता बताउँंछिन् ।

यो प्रक्रिया पूर्णतया प्राकृतिक होइन भन्ने कुरा उनीहरूको दिमाग र हृदयमा हावी भएका कारण समस्या भएको डा. सुनिता बताउँछिन् । त्यसकारण उपचार गर्दा हामीले ध्यान दिनुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको बिरामीमा सकारात्मक भावनाहरू पैदा गर्नु हो’ डा. सुनिता भन्छिन्, ‘जे भएपनि गर्भावस्थामा हुने शारीरिक परिवर्तनका कारण महिलाको मनोबल बढाउनुपर्छ ।’

यस्तो अवस्थामा डाक्टरहरूले आफ्नो स्तरमा परामर्श दिन्छन् । त्यसैले भावनात्मक आवश्यकतालाई ध्यानमा राख्दै प्रत्येक आइभीएफ केन्द्रमा एक सल्लाहकार अनिवार्य हुनुपर्ने उनी सुझाउँछिन् ।

निर्धारित उमेर सीमा

आइभीएफबाट बच्चा जन्माउनका लागि आमाको अधिकतम उमेर ५० र बुवाको ५५ बर्ष तोकिएको छ ।

डा. अरोडा भन्छिन्, ‘अधिकतम उमेर निर्धारण गर्नुको एउटा कारण बच्चाको पालनपोषणसँग सम्बन्धित छ । मानौं बच्चा १५–२० वर्षको हुँदा आमाबुवाको उमेर ७० वर्षभन्दा माथि छ भने उसको हेरचाह गर्ने जिम्मेवारी कसरी लिने ? तर सबैभन्दा ठूलो कारण भनेको ५० वर्षपछि आमा बन्नु स्वास्थ्यको हिसाबले सजिलो हुँदैन ।’

उनी थप्छिन्, ‘४५ वर्षभन्दा माथिको आइभीएफ गर्नुपर्ने भएमा हामी मेडिकल हेल्थमा धेरै ध्यान दिन्छांै ं। किनभने गर्भावस्थामा मुटुको चाप बढ्छ र रक्तचाप पनि तलमाथि हुन्छ ।’

चिकित्सकहरुका अनुसार बुढेसकालमा आइभीएफको सहारा लिनु राम्रो होइन । तर कतिपय अवस्थामा एक–दुई वर्ष छुट दिने व्यवस्था गर्नुपर्ने उनीहरुको भनाई छ ।

उदाहरणका लागि पत्नीको उमेर ४०–४५ वर्षको बीचमा भएपनि पतिको उमेर ५६ वर्ष वा श्रीमतीको उमेर ५१ वर्ष र श्रीमान्को उमेर ५३ वर्ष भएमा यस्तो अवस्थामा मेडिकल फिटनेसका आधारमा आइभीएफलाई अनुमति दिँदा विचार गर्न सकिन्छ ।

बिबिसीबाट

आइभीएफ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय