+
+

यू–१९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १५:२१

२४ मंसिर, काठमाडौं । यू–१९ एसिया कपको दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको बलियो विजयी लक्ष्य प्रस्तुत गरेको छ ।  टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा अलआउट हुँदै २६१ रन बनाएको हो ।

अफगानस्तानका लागि जम्सिद जद्रानले सर्वाधिक १०६ रन जोडे । १५२ बल खेलेका उनले ८ चौकाको मद्दतमा १०६ रन जोडेपछि रिटायर्ड आउट भए । अन्तिम ओभरको पहिलो बल थाइमा लागेपछि उनले खेल्न सकेनन् ।

६.३ ओभरमा ३३ रन जोड्दा मा ३ विकेट गुमाएको अफगानस्तानका लागि जम्सिदले रहिमुल्लाह जुरमातीसँग चौथो विकेटका लागि ८१ रनको साझेदारी गरेपछि अफगानिस्तान खेलमा फर्किएको थियो । रहिमुल्लाह ३५ रन बनाएर आउट भएपछि जम्सिदले नुमान शाहसँग ९७ रनको साझेदारी गरेका थिए ।

अफगानस्तानका ओपनर वफिउल्लाह ताराखिल १५ र खलिद तनिवाल १० रनमा आउट भएका थिए । जम्सिद तेस्रो नम्बरमा आएका थिए । चौथो नम्बरमा आएका अक्रम मोहम्मदजाई शून्य रनमै आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो ।

नेपालका लागि तीव्र गतिका बलर हेमन्त धामी, गुल्सन झा र स्पिनर सुवास भण्डारीले समान २/२ विकेट लिए । दिपेश कँडेल र आकाश चन्दले समान १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?