
२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । गजुरेलले २० मंसिरमा राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने भइसकेको छैन ।
‘राजीनामा बुझाएको छु, तर अहिलेसम्म स्वीकृति भएको खबर आइसकेको छैन’, गजुरेलले अनलाइनखबरसँग भने ।
उनले राजीनामा दिनुको कराण खुलाउन चाहेनन् । ‘राजीनामा स्वीकृत भएपछि यसको कारण सार्वजनिक गरौंला’, उनले भने ।
गत मंसिरमा सम्पन्न आम निर्वाचनमा सिन्धुलीबाट आकांक्षा राखेका गजुरेलले प्रतिनिधिसभाको टिकट पाएका थिएनन् । त्यसपछि प्रचण्ड प्रधानमन्त्री भएपछि ९ माघ २०७९ मा उनलाई आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4