+
+

टेलिकमले टेलिफोनका ग्राहकलाई एक महिना नि:शुल्क डाटा सुविधा दिने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १७:२३

काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर प्रविधिबाट टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका ग्राहकले अब एक महिनासम्मका लागि नि:शुल्क डाटा सुविधा पाउने भएका छन् ।

नेपाल टेलिकमले फाइबरबाट टेलिफोन मात्रै प्रयोग गरिरहेका ग्राहकले सोमबारदेखि लागू हुनेगरी प्रमोसनल अफरका रुपमा एक महिनासम्म नि:शुल्क ५० एमबीपीएस गतिको डाटा पाउने जनाएको छ ।

यो सेवा प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देशपछि १ डायल गरेर अनुरोध गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ ।

यो सुविधा एक जना ग्राहकका लागि एक पटक मात्र उपलब्ध हुनेछ । एक महिनाभन्दा बढी समयपछि सशुल्क रुपमा यो सेवा प्रयोग गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?