+
+

बास्केटबल प्रतियोगिता : आर्मी र टाइम्सको जित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते २०:२०

२५ मंसिर, काठमाडौं । नेपाल आर्मी र टाइम्स इन्टरनेसनलले दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु-२३ बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार जित हात पारेका छन् ।

आर्मीले बुद्ध टिमलाई १२१––४० ले पराजित गर्‍यो । आर्मीको जितमा निश्चल महर्जनले २३ अंक योगदान गरे । विजय बुर्जाको ३० अंक सहयोगमा टाइम्सले गोब्लिन्सलाई १०७–६४ ले हरायो ।

नखिपोट युवा क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुषमै बूढानीलकण्ठ, कीर्तिपुर ‘ए’ र कीर्तिपुर ‘बी’ ले सफलता पाए ।

बूढानीलकण्ठले आयोजक नखिपोट ‘ए’ लाई १०३–८३ ले पाखा लगायो । विजेताका तेन्जिङ शेर्पाले ३६ स्कोर गरे । कीर्तिपुर ‘ए’ ले स्नोल्यान्डमाथि ११०–६५ को जित निकाल्यो ।

कीर्तिपुर ‘ए’ का जयदीप सिंहले ४७ अंक जोडे । कीर्तिपुर ‘बी’ ले नखिपोट ‘बी’ लाई ७५–७१ ले पन्छायो । कीर्तिपुर ‘बी’ आशिष थापा मगरले ३४ अंक बटुले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?