
२८ मंसिर, बारा । बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर मृत्यु भएका युवकको परिवार र आफन्तले बिहीबार प्रदर्शन गरेका छन् ।
बुधबार सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन खोजेको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा स्थानीय लक्ष्मी मुखियाको मृत्यु भएको थियो ।
बिहीबार उनका आफन्त र परिवारले मुखियालाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई राहत दिनुपर्ने, बुधबार नगरपालिकामा ड्युटीमा रहेका प्रहरी निरीक्षक रविभूषण यादवलाई कारबाही गर्नुपर्ने माग राखेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाहिर प्रदर्शन गरेका हुन् ।
पीडित परिवारले अहिलेसम्म शव पनि बुझेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4