+
+

टोटनहम नटिङहमविरुद्ध विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते ९:२५

३० मंसिर, काठमाडौं । प्रिमियर लिगमा शुक्रबार राtl भएको एक मात्र खेलमा टोटनहमले नटिङहम फरेस्टलाई २-० ले पराजित गरेको छ ।

रिचर्लिसन र डेजान कुलुसेभ्स्कीको गोलमा दश खेलाडीमा समेटिएपनि टोटनहमले जितसहित तीन गोल गर्दै अग्रता दिलाएका थिए । त्यसका लागि डेजान कुलुसेभ्स्कीले पास मिलाएका थिए । उनै कुलुसेभ्स्कीले ६५औं मिनेटमा टोटनहमका लागि दोस्रो गोल गरे ।

५८औं मिनेटमा फरेस्टका एन्टोनी एलांगाले गोल गरेपछि भिएआरले मान्यता दिएन ।

७०औं मिनेटमा यभेस बिसोउमाले रातो कार्ड पाएपछि टोटनहम दश खेलाडीमा झरेको थियो । तर त्यसको फाइदा नटिङहम फरेस्टले उठाउन सकेन ।

जितपछि टोटनहमको १७ खेलबाट ३३ अंक भएको छ र पाँचौ स्थानमै छ । चौथो स्थानको म्यानचेष्टर सिटी समान अंक भएपनि टोटनहम गोल अन्तरमा पछि छ ।

नटिङहम फरेस्ट १७ खेलबाट १४ अंकसहित १६औं स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?