+
+

हालसम्म १२ माइक्रोफाइनान्स कम्पनीहरुले घोषणा गरे लाभांश, कसको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १८:२६

३ पुस, काठमाडौं । पछिल्लो समय सेयर बजारमा माइक्रोफाइनान्स कम्पनीहरुप्रति लगानीकर्ताको आकर्षण देखिएको छ । सोमबार सबैभन्दा धेरै बढ्नेमा माइक्रोफाइनान्स सूचक रह्यो ।

जुन सूचक अघिल्लो दिनको तुलनामा ५.५ प्रतिशत बढ्यो । यसरी माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण बढ्नुको एउटा कारण हो – धमाधम लाभांश घोषणा हुनु र कतिपयको अहिले सेयर किन्दा पनि घोषित लाभांश पाइनु ।

हालसम्म १२ माइक्रोफाइनान्स कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । यसरी लाभांश घोषणा गरेकामध्ये धेरैले सेयर बोनसलाई प्राथमिकता दिएका छन् । ७ माइक्रोफाइनान्स कम्पनीहरुले कर प्रयोजनका लागि मात्रै नगद लाभांश घोषणा गरेका हुन् ।

केही माइक्रोफाइनान्स कम्पनीहरुले लाभांश विना नै साधारणसभा बोलाएका छन् । गुराँस, युनिक नेपाल, लक्ष्मी लघुवित्त, सबैको, साधना, गणपती, फरवार्ड, उन्नती सहकार्य, सामुदायिक लघुवित्त, हिमालयन लघुवित्तले लाभांश नदिने घोषणा गरिसकेका छन् । केही माइक्रोफाइनान्स कम्पनीहरु लाभांश घोषणाको तयारीमा छन् । हाल बजारमा ५४ वटा माइक्रोफाइनान्स कम्पनीहरु सूचीकृत छन् ।

कुन माइक्रोफाइनान्स कम्पनीले कति घोषणा गरे लाभांश ?

माइक्रोफाइनान्स सेयर बोनस प्रतिशत नगद लाभांश प्रतिशत
आरएसडीसी ८.६ ०.४५
स्वाबलम्बन १२.३५ ०.६५
एनआईसी एसिया १५
सपोर्ट १३ ०.६८
धौलागिरि १४.२५ ०.७५
आत्मनिर्भर १०
फर्स्ट ७.५ ७.५
साना किसान विकास १४.२५ ०.७५
समता घरेलु ५.४२ ०.२८
ग्लोबल आईएमई १०
छिमेक १०
जीवन विकास १४ ०.७३

अहिले कुन कुन कम्पनीको सेयर किन्दा पाइन्छ लाभांश ?
लाभांश घोषणा गरेका १२ मध्ये पनि ९ कम्पनीको अझै बुक क्लोज भइसकेको छैन । अर्थात् ९ कम्पनीको सेयर खरिद गर्नेहरु अझै पनि लाभांश पाउनका लागि योग्य छन् । जीवन विकास, छिमेक, आत्मनिर्भर, ग्लोबल आईएमई, समता घरेलु, साना किसान, धौलागिरि, सपोर्ट र फर्स्ट माइक्रोफाइनान्सको सेयर खरिद गर्नेहरु अझै लाभांशका लागि योग्य हुने छन् ।

बुक क्लोजको दिनभन्दा अघिल्लो दिनसम्म सेयर खरिद गरेकाहरुले लाभांश पाउने र साधारणसभामा भाग लिने अधिकार राख्छन् । बाँकी ३ कम्पनी आरएसडीसी, स्वाभिमान र एनआईसी एसियाको भने बुक क्लोज भइसकेको छ, यी ३ कम्पनीको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् ।

सोमबार बजार बन्द हुँदा यी माइक्रोफाइनान्स कम्पनीको मूल्य :

माइक्रोफाइनान्स प्रतिसेयर बजार मूल्य
आरएसडीसी ५५२ रुपैयाँ
स्वाबलम्बन ८४८ रुपैयाँ ८० पैसा
एनआईसी एसिया ६७८ रुपैयाँ
सपोर्ट ९८० रुपैयाँ
धौलागिरि ८६१ रुपैयाँ
आत्मनिर्भर १७८० रुपैयाँ
फर्स्ट ६९३ रुपैयाँ
साना किसान विकास ९९६ रुपैयाँ
समता घरेलु ६५३ रुपैयाँ
ग्लोबल आईएमई ८६५ रुपैयाँ ६० पैसा
छिमेक ९३० रुपैयाँ
जीवन विकास १४९६ रुपैयाँ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?