+
+

एक हजार दरका २४ वटा नक्कली नोट बरामद

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १२:३३
फाइल तस्वीर

१३ पुस, काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका–४, गोकर्ण हुनमान चोकबाट २४ हजार रुपयाँ बराबरको नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले एक हजार दरको नोटसहित काँडाघारी बस्ने ४० वर्षीया सरिता तामाङलाई पक्राउ गरेको हो ।

नक्कली नोट कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा थप अनुुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?