+
+

कति पढेर क्यानडाको भिसा अप्लाई गर्ने ? वर्क परमिट कसरी लिने ?

बसन्त पाण्डे बसन्त पाण्डे
२०८० पुष १३ गते १४:३७

क्यानडा । पछिल्ला केही वर्षयता विदेश जाने नेपाली युवाहरुको लर्को लागेको छ । धेरैजसो रोजगारी र पढाइको सिलसिलामा विदेश गइरहेका छन् । कतिपयलाई युवालाई विदेशिनु बाध्यता मात्रै नभएर रहर पनि छ । रोजगार र शिक्षाका लागि विदेशिनु बाध्यता भए पनि कतिपय घुमघामकै लागि विदेश प्रवेश गर्ने र उतै रोजगार वा व्यवसायमा जम्ने गरेका छन् ।

नेपाली युवाहरुको विदेश मोहको फाइदा भने कतिपय ठगी धन्दा गरेर अकुत आर्जन गर्ने व्यक्ति वा समूहले लिएको देखिन्छ ।

केही अघिसम्म मलेसिया, कतार, दुबई, साउदी, बहराइन लगायतमा मध्यपूर्वी देशहरुमा आकर्षक रोजगारी र आम्दानीको लोभ देखाएर गठी गर्नेहरुले पछिल्लो समय यूरोप, अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका मुलुकमा रोजगारीको अवसर देखाएर ठगी गरिरहेका छन् ।

सक्कल जस्तै देखिने नक्कली कागजात बनाएर ठगी धन्दा चलाइरहेकाहरुको स्क्याममा सोझा युवाहरु पर्ने जोखिम बढी हुने गरेको छ ।

बिनासीप वा औपचारिक शिक्षा विना नै रोजगारी दिलाउने तर त्यसका लागि मोटो रकम खर्च लाग्ने भन्दै युवाहरुलाई फसाउने गरिएको गुनासो व्यापक मात्रामा सुनिन्छ । क्यानडा, युरोप, अमेरिका जस्ता उच्च आम्दानी हुने देशहरुमा पुगेर रातारात लाखौं आम्दानी गर्ने सपना बुनेका युवाहरु पत्तै नपाई गिरोहको जालमा पर्दा घर न घाटको भएका धेरै घटनाहरु बाहिर आएका छन् ।

ठगीबाट बच्नका लागि प्रयाप्त जानकारी हुन आवश्यक छ । क्यानडा कसरी आउने ? अध्ययनका लागि कुन तह उत्तीर्ण गरेर आउने र रोजगारीका लागि के कस्तो अवसर छ भनेर जानकारी दिने प्रयास यो लेखमार्फत् गरिएको छ । सर्वप्रथम त क्यानडामा रोजगारीको नाममा हुने संभावित ठगीबाट कसरी जोगिने ? यसबारे चर्चा गरौं ।

क्यानडाको भिषा र रोजगारीको नाममा हुने ठगीबाट कसरी बच्ने ?

तपाईं क्यानडा आउन चाहानु हुन्छ भने पछिले आवश्यक प्रक्रियाका विषयमा क्यानडाको दूतावासको आधिकारिक निकाय वा वेबसाइटमा गएर विस्तृत विवरण अध्ययन गर्नुपर्ने हुन्छ । साथै क्यानडाको भिषा प्राप्तीको प्रक्रियापछि आवश्यक कागजात जुटाउने र नियमपूर्वक भिषाका लागि आवेदन दिनुपर्ने हुन्छ ।

पैसा खर्च गरेकै भरमा कसैले सहजै क्यानडा पठाइदिन्छु भन्यो भने विश्वास गरिहाल्नु हुँदैन । आकर्षक विज्ञापनको भरमा कसैले क्यानडा पठाउने प्रलोभन देखाएको छ भने त्यस्ता व्यक्ति वा गिरोहको विश्वास कदापी गर्नु हुँदैन ।

विना सीप र उच्च शिक्षा विना क्यानडामा रोजगारीको अवसर नमिल्ने हुँदा पहिले नै स्पष्ट हुन आवश्यक छ । आफूसँग सीप र दक्षता छ भने मात्रै क्यानडामा भिषाको लागि आवेदन दिनु सबै भन्दा बढी उपयुक्त हुन्छ ।

 विद्यार्थीहरु कति पढेर क्यानडा आउने ?

पछिल्लो समय नेपालमा १२ कक्षा उत्तीर्ण गरेपछि क्यानडा आउन चाहनेको ठूलो जमात छ । तर मोटो रकम खर्च गरेर अध्ययनको बाहनामा रोजगार गर्ने र छिट्टै कमाउने भित्री मनसाय विद्यार्थीहरुमा देखिन्छ ।

विना सीप, विना उच्च शिक्षा क्यानडामा रोजगारका लागि विद्यार्थी भिषामा आउनु उचित होइन । १२ कक्षा उत्र्तीण विद्यार्थीले क्यानडा आएपछि पहिलो प्राथमितामा उच्च शिक्षा पुरा गर्नुपर्ने हुन्छ ।

उच्च शिक्षा पुरा गर्दा क्यानडामा ठूलो धनराशि खर्च हुन्छ । पढ्दै काम गर्दै खर्च पुर्याउन कठिन हुन्छ । १२ कक्षा मात्रै उत्तीर्ण विद्यार्थीमा व्यवहारिक ज्ञान र सीपको कमी हुँदा क्यानडामा हत्तपत्त रोजगारीको अवसर प्राप्त हुँदैन ।

रोजगारी मिले पनि समय अभावमा गर्न नसकिने अवस्था सिर्जना हुन सक्छ । रोजगारदाताले पनि सकेसम्म पार्टटाइम काम गर्नेहरुलाई भन्दा फूल टाइम काम गर्नेहरुलाई प्राथमिकता दिने गरेका कारण पनि नेपालमा कम्तीमा स्नातक उत्तीर्ण तह गरिसकेपछि मात्रै क्यानडाको भिषाका लागि आवेदन दिनु उचित हुन्छ ।

क्यानडामा वर्क परमिट कसरी प्राप्त गर्ने ?

आप्रवासीका लागि क्यानडामा काम गर्नका लागि सबैभन्दा पहिले वर्क परमिट आवश्यक पर्दछ । वर्क परमिटका लागि दुई प्रकारको तरिका अपनाउन सकिन्छ ।

पहिलो रोजगारदाता विशेष क्यानेडियन कार्य अनुमति र दोस्रो क्यानडा खुला कार्य अनुमति । पहिले चर्चा गरौं रोजगारदाता विशेष क्यानेडियन कार्य अनुमतिको विषयमा ।

नियोक्ता विशेष कार्य अनुमतिले काम गर्न अनुमति दिने नियोक्ताको नाम, कामदारले काम गर्न सक्ने अवधि र कामको स्थान उल्लेख गरिएको हुनुपर्छ ।

रोजगारदाता विशेष कार्य अनुमतिका लागि रोजगारदाताले श्रमिकलाई निम्न दुई प्रकारका विषयहरु उपलब्ध गराउन अनिवार्य छ, पहिलो– श्रमिकको रोजगार सम्झौताको प्रतिलिपि र दोस्रो– श्रम बजार प्रभाव मूल्यांकन (एलएमआईए) को प्रतिलिपि वा एलएमआईएमुक्त कामदारहरुका लागि रोजगार नम्बरको प्रस्ताव ।

के हो श्रम बजार प्रभाव मूल्यांकन (एलएमआईए) ?

अन्तर्राष्ट्रिय श्रमिकलाई काममा राख्नुअघि क्यानडाका रोजगारदाताहरुले एउटा विशेष कागजात प्राप्त गर्नु पर्दछ, जसलाई छोटकरीमा एलएमआईए भनिन्छ ।

कुनै पनि विदेशी कामदारलाई काममा लगाउनु अघि यहाँका रोजगारदाताले क्यानडाकै नागरिक वा स्थायी बासिन्दा कामका लागि उपलब्ध छैनन्, उक्त कामका लागि विदेशी श्रमिकको आवश्यता छ भन्ने पुष्टि गर्नु नै एलएमआईए हो । यदि एक रोजगारदातालाई एलआईएमए आवश्यक छ भने एउटाका लागि आवेदन दिन सक्छन् ।

यस बाहेक क्यानडामा रोजगारीका लागि अस्थायी विदेशी कामदार कार्यक्रम (टीएफडब्लूपी) मार्फत पनि विदेशी कामदार लिन सक्छन् । यसका लागि पनि क्यानेडेली कामदार उपलब्ध नभएको अवस्थामा अस्थायी रुपमा विदेशी कामदार राख्नका लागि अनुमति लिनु पर्छ ।

(लेखक पाण्डे क्यानडामा विगत १० वर्षदेखि बस्दै आएका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?