+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
६४ बलमा ११३ रन आवश्यक
चितवन राइनोज 2025
57/4 (9.2)
Shares

डा. दाहालको निलम्बन फिर्ता लिन केयूको निर्देशन, तर कलेजले छिर्न दिएन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १९:५८

१७ पुस, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले डा. विशद दाहालको निलम्बन फिर्ता गर्न काठमाडौं मेडिकल कलेज प्रशासनलाई पत्र पठाएको छ ।

मंगलबार डा. दाहालको निलम्बन फिर्ता गर्न निर्देशनसहित काठमाडौं विश्वविद्यालय (केयू) ले कलेज प्रशासनलाई पत्र पठाएको हो ।

केयूले कलेज प्रशासनलाई डा. दाहालको निलम्बनबारे तीन दिनभित्र राय पेश गर्न निर्देशन पनि दिएको छ । उक्त राय प्राप्त भएपछि निलम्बन कार्यान्वयन गर्नुपर्ने वा नपर्ने निर्णय लिन उपयुक्त हुने भन्दै केयूले हाललाई डा. दाहाललाई निलम्बन स्थगित गर्न भनेको हो ।

दाहाललाई निलम्बन गर्दा स्पष्टीकरणको मौका दिइएको हो कि होइन, सम्बन्धित प्रिसेप्टरबाट निलम्बन गर्नुपर्ने आधारसहितको लिखित राय पेश भएको छ वा छैन भनी केयूले जवाफ मागेको छ ।

केयूको उक्त निर्देशनपछि अध्ययनका लागि सिनामंगल पुगेका दाहाललाई कलेज प्रशासनले छिर्न रोक लगाएको छ । (केएमसी) ले स्वास्थ्य शिविरका नाममा अन्याय गरेको भन्दै दाहालले आवाज उठाइरहेका थिए ।

कलेज प्रशासनको विरुद्धमा काम गरेको भन्दै काठमाडौं मेडिकल कलेजले एक विज्ञप्ति जारी गर्दै १२ पुस देखि लागू हुने गरी पीजी कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी दाहाललाई एक महिना निलम्बन निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?