+
+

राष्ट्रिय सभा सदस्यका उम्मेदवार छान्न बालुवाटारमा माओवादीको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १२:०२

२२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा सुरु भएको छ ।

सत्ता गठबन्धनका दलहरूको संयुक्त बैठक सकिएलगत्तै माओवादीका पदाधिकारीहरूको छुट्टै बैठक बसेको हो ।

राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा निर्णय लिन बैठक बसेको हो । बैठकमा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारबारे छलफल हुनेछ ।

बिहान भएको गठबन्धनको बैठकमा राष्ट्रिय सभाको सिटमा मोटामोटी सहमति भएको छ । जसअनुसार माओवादीको भागमा ६ सिट परेको छ ।

माघ ११ गते हुने राष्ट्रिय सभाको मतदानका लागि आज अन्तिम मतदाता नामावली प्रकाशित हुँदैछ । सोमबार मनोनयन दर्ताको कार्य तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?