+
+

८००० माइल यात्रा गरेर फ्रेच कप खेल्न पुगेको गोल्डेन लायन १२ गोलले पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १२:३१

२२ पुस, काठमाडौं । मार्टिनिक क्यारेबियन क्षेत्रको सानो आइल्याण्ड हो । यस आइल्याण्डबाट फुटबल गोल्डेन लायनले ८ हजार माइल यात्रा गरेर फ्रेन्च कप खेल्न फ्रान्स पुगेको थियो । तर टोली पहिलो खेलमै फ्रेन्च लिग वान टोली लिनसँग १२-० ले पराजित भयो ।

विश्वका विभिन्न क्षेत्रमा फ्रान्सको अधिनमा रहेका टापुलाई फ्रेन्च कप खेल्न अनुमति दिइएकोले सानो क्यारेबियन टापुको टोलीले पनि प्रतियोगितामा खेल्न सक्षम भएको थियो । उनीहरुले बुधबार फ्रान्सको यात्रा सुरु गरेका थिए ।

जसले फ्रान्सको लिलाई राउण्ड अफ ६४ को खेल स्तब्ध पार्ने सोच राखेको थियो । तर तीन दिनपछि उल्टै १२ गोल बेहोर्‍यो । क्यारेबियन टापु मार्टिनिकको लिगको विजेताको रुपमा फ्रेन्च कप खेल्न गएको थियो ।

घरेलु टोली लिलका लागि क्यानडियन स्ट्राइकर जोनाथन डेविड र एडोन जेग्रभाले ह्याट्रिक गरे । यस्तै युसुफ याजिसी र हाकोन हाराल्डोसनले दुई-दुई  तथा थियागो सान्तोस र अमिने मेसोउस्साले समान एक गोल गरे ।

खेलमा लिले गोलका लागि ३७ सट प्रयास गरेको थियो गोल्डेन लायनले जम्मा एक सट हानेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?