+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares
राष्ट्रियसभा निर्वाचन :

कांग्रेस संस्थापनलाई अनुकूल हुने गरी भागबन्डा !

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १९:१६
सत्ता गठबन्धनको शनिबार बसेको बैठक ।

२२ पुस, काठमाडौं । सत्तारुढ दलले चार प्रदेशमा क्लष्टर अनुसार भागवण्डामा सहमति जुटाएका छन् ।

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले क्लष्टर अनुसार उम्मेदवारको भागवण्डामा सहमति गरेका छन् ।

कोशी, लुम्बिनी र सुदूरपश्चिममा कांग्रेस र माओवादी केन्द्रबीच भागवण्डा भएको छ । कोशीमा कांग्रेसले अन्य र माओवादीले महिला, लुम्बिनीमा कांग्रेसले महिला र माओवादीले अन्य क्लस्टरको सिट लिने सहमति भएको स्रोतको भनाइ छ ।

सुदूरपश्चिममा कांग्रेसले अपाङ्ग र अन्य क्लष्टर लिएको छ भने माओवादीले महिला पाएको छ । यस्तै मधेशमा कांग्रेसले अन्य र जनता समाजवादी पार्टी (जसपा) ले महिला क्लस्टरतर्फ उम्मेदवार उठाउने भएको छ ।

बागमती, गण्डकी र कर्णालीमा भने सहमति जुट्न सकेको छैन । गठबन्धनको बैठकमा सहभागी एक नेताका अनुसार एकीकृत समाजवादीले तीन उम्मेदवारको दाबी गर्दा तीन प्रदेशमा क्लष्टर छुट्टिन नसकेको हो ।

‘बागमती, गण्डकी र कर्णालीमा समाजवादीको दाबी रहेकाले त्यहाँ टुंगिन सकेन’, बैठकमा सहभागी नेता भन्छन्, ‘जहाँ जहाँ समाजवादी छ, त्यहाँ त्यहाँ टुंगिएन ।’

अहिले टुंगिएको क्लस्टर हेर्दा कांग्रेस संस्थापन पक्षले आफ्नो समूहका नेताहरुको व्यवस्थापनका लागि सहज हुने गरी सिट लिएको देखिन्छ ।

कांग्रेस संस्थापन पक्षले कोशीमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, लुम्बिनीमा पुष्पा भुसाल, सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहरालाई उम्मेदवार बनाउन चाहेको छ । सिटौला र भुसाल २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए ।

कैलालीका जिल्ला सभापति समेत रहेका भट्ट जनआन्दोलनका घाइते हुन् भने बोहरा कञ्चनपुरका पुराना नेता एवं पूर्वसभापति हुन् । दुबै सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराबाट बसाईं सरेका हुन् ।

कांग्रेस संस्थापन पक्षले मधेशमा अनुशासन आयोगका संयोजक आनन्द ढुङ्गानालाई उम्मेदवार बनाउन चाहेको छ । संस्थापन इतरले मधेशमा केन्द्रीय सदस्य किरण यादवलाई अघि सार्न खोजेको छ । तर ढुङ्गानालाई उम्मेदवार बनाउन सहज हुने गरी अन्य क्लस्टरको सिट लिएको छ ।

२३ पुस (भोलि) मा हुने उम्मेदवारी दर्ताका लागि सत्ता गठबन्धनले भागवण्डा करिब टुंग्याएको छ । रिक्त हुने १९ पदका लागि कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले एक जना लिने मोटामोटी सहमति बनेको छ, तर, एकीकृत समाजवादीले तीन जनाको दाबी गर्न छाडेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?