२३ पुस, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले ४७ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कामेश्वर शाह, सुमनकुमार सरार्फ र मनिष सरार्फ रहेको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।
उनका अनुसार, उपत्यकाको भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरी बिलबिजकविना चाँदीका गरगहनाहरु राखेर विक्री गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न ठाउँमा छापा हानेको थियो ।
त्यसक्रममा चाँदीका गहनासहित उनीहरु पक्राउ परेको रेग्मीले बताए ।
पक्राउ परेकाहरुलाई राजश्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4