
२५ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापतिमा राजनीतिक दलहरूबीच सहमति जुटेको छ । सुदूरपश्चिम प्रदेशसभाले दोस्रो कार्यकाल सुरु भएको एक वर्षपछि विषयगत समितिका सभापति चयन गर्न लागेको हो ।
प्रदेशसभा सचिवालयद्वारा प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार समितिका सभापति पदका लागि राजनीतिक दलहरूबीच जुटेको सहमतिअनुसार एक-एक जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् ।
सुदूरपश्चिम प्रदेशसका सभामुख भीम बहादुर भण्डारीका अनुसार राजनीतिक दलहरूबीच बनेको सहमतिअनुसार माओवादी केन्द्रले विशेष अधिकार, कांग्रेसले विधायन तथा प्रदेश मामिला, एमालेले सार्वजनिक लेखा, एकीकृत समाजवादीले सामाजिक विकास र नागरिक उन्मुक्तिले अर्थ समितिको सभापति पाउने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4