+
+

लुम्बिनी प्रदेशको क्रिकेट टिमप्रति बाँकेको विरोध

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १७:१८

२५ पुस, बुटवल । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेशको टिममा बाँके जिल्ला क्रिकेट संघले विरोध जनाएको छ ।

लुम्बिनी प्रदेशको २२ सदस्यीय टिम घोषणा गर्दा छनोट खेल जितेको बाँकेका ३ जना खेलाडीमात्र राखिएको भन्दै जिल्ला क्रिकेट संघ बाँकेले विरोध जनाएको हो । बाँकेले छनोटमा परेका ३ जना खेलाडी पनि प्रतियोगितामा सहभागी नहुने अध्यक्ष सरोवर प्रसाईले बताएका छन् ।

लुम्बिनी प्रदेश टिममा सुशान्त सिंह थापाको कप्तानीमा मोहमद साहब अन्सारी, लवकुश यादव, सिद्धान्त शाही, सम्राट भुसाल, एकलाख अहमद, दिलसाद अली, अजित यादव, नरबहादुर सार्की, रुपेश बस्याल, कृष्ण कार्की, मृनल गुरुङ, अभिषेक गौतम, राहुल चौहान, विष्णु कठरिया, प्रज्वल थापा, विराट भण्डारी, वीरबहादुर सारुमगर, मोहन खत्री, मोहमद हुसैन, प्रतिक भट्टराई र निर्मल गुरुङ रहेका छन् ।

अध्यक्ष प्रसाईले आफ्ना खेलाडीहरु राम्रो खेल्दै जितेर उत्कृष्ट हुँदा पनि राम्रा खेलाडी पर्न नसकेको गुनासो गरे । लिग खेलमै बाहिरिएका टिमबाट खेलाडी परेका तर बाँकेका उत्कृष्ट खेलाडीलाई पाखा लगाइएको उनले बताए । छनोटप्रति चित्त नबुझेको कारण आफूहरुले खेलाडी नपठाउने निर्णय गरेको उनले बताए ।

‘स्कोरसिट र पर्फर्मेन्स सबै हिसाबबाट आफनो टिमबाट धेरै खेलाडी पर्नुपर्ने हो’, उनले भने, ‘पुराना खेलाडीले मात्र टिम भर्ने काम भयो, हाम्रो भनाई कोटा सिस्टमको विरोध पनि हो ।’

क्रिकेट संघ लुम्बिनीका सदस्य धिरज क्षेत्रीले भने छनौट खेलमा सहभागी भएका ७ जिल्लाका ८४ खेलाडीबाट २२ जना छनोट गरिएको बताए । विजेता टिमबाट धेरै खेलाडी छनोट हुनुपर्छ भन्ने मान्यता गलत भएको पनि उनले बताए ।

पुस १२ देखि पुस २२ गतेसम्म सञ्चालन भएको प्रधानमन्त्री कपको लुम्बिनी प्रदेशस्तरीय छनोट खेलको उपाधि बाँकेले जितेको थियो । बाँकेका खेलाडीबाट उत्कृष्ट खेल प्रदर्शन गरेको सत्य भएपनि त्यही टिमबाट आठ जना पार्नुपर्ने माग सही नभएको क्षेत्रीले बताए ।

हेर्नुहोस् जिल्ला क्रिकेट संघ बाँकेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?