+
+

मनिष बने एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स पाउने पहिलो नेपाली

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १०:२४

२६ पुस, काठमाडौं । नेपालका फुटबल गोलकिपर प्रशिक्षक मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली बनेका छन् ।

मनिषले मलेसियन फुटबल संघ (एफएएम) ले आयोजना गरेको कोर्समार्फत गोलिकपिङ ए लाइसेन्स प्राप्त  गरेका हुन् ।

मनिष तीन वर्षदेखि आईलिग क्लब गोकुलम केरलाको गोलकिपर प्रशिक्षक छन् । उनी हाल  कलिंगा सुपर कपका लागि आफ्नो टोलीसँग ओडिशामा छन्  ।

आई लिगमा आवद्ध  हुने उनी पहिलो नेपाली प्रशिक्षक समेत हुन् । उनलेआई लिग उपाधि पनि जितेका छन् ।

मनिषले गत सिजन शही स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लबको गोलकिपर प्रशिक्षकका रूपमा काम गरेका थिए ।

विराटनगरका उनले खेलाडीका रुपमा थ्री स्टार, रानीपोखरी कर्नर टिम (आरसीटी), हिमालयन शेर्पा, बाँसबारी, स्वयम्भू, ब्रिगेड ब्वाइजबाट व्यावसायिक फुटबल खेले ।

मनिषले पूर्वाञ्चलबाट पाँचौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए । उनले नेपाली यु-१५ राष्ट्रिय  टोलीको गोलकिपर प्रशिक्षकको रुपमा पनि काम गरिसकेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?