+
+

५ महिनामा विदेश पढ्न जाने विद्यार्थीले लगे ४७ अर्ब ३५ करोड

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १८:११

२६ पुस, काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ५ महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको हो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ अर्ब ५४ करोड बढी हो । गतवर्ष ५ महिनामा शिक्षामा २८ अर्ब ८१ करोड विदेशिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण व्यय ५९.५ प्रतिशतले बढेको छ । भ्रमण आय भने ४७.५ प्रतिशतले मात्र बढेको छ । जसका कारण खुद सेवा आय अझै पनि २६ अर्ब ९३ करोडले घाटामा रहेको देखिएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा खुद सेवा आय ३० अर्ब ९६ करोडले घाटामा थियो । तथ्यांक अनुसार सेवा खाता अन्तर्गत भ्रमण आय ४७.५ प्रतिशतले बढेर ३३ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । पर्यटक आगमनमा देखिएको उत्साहजनक वृद्धिले भ्रमण आय बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?