+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘मिस युनिभर्समा नेपाल टप ५ मा पुगेमा आफूलाई नेपाली संस्कृतिको हिस्सा मान्नेछु’

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १४:२२

काठमाडौं । मिस युनिभर्स नेपालको स्वामित्व लिएपछि पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा ग्लोबल ग्ल्यामर भेन्चरले एउटै कुरामा पटक–पटक जोड दियो । त्यो हो, हामी नेपाललाई मिस युनिभर्सको टप फाइभ वा टेनभित्र ल्याएर छाड्छौं ।’

नयाँ राष्ट्रिय निर्देशक संगीता पुरीले यसो भनिरहँदा नेपाल आएकी मिस युनिभर्सल वुमिन २०२३ की विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्लाले पनि उक्त कुरा दोहोर्‍याइन् ।

सान्चेज भन्दै थिइन्, ‘यदि नेपाल टप फाइभ वा क्राउन विजेता बन्यो भने त्यति बेला मैले आफूलाई नेपाली संस्कृतिको एउटा अभिन्न हिस्सा मान्नेछु ।’ नेपालमा सात दिन बिताएर उनी बिहीबार नै चीन फर्किएकी छन् ।

यी दुईजनाको कुरा सुन्दा जति आकर्षक सुनिन्छ, उति नै चुनौतीपूर्ण लाग्छ । किनभने, निकै चर्चाका बीच पनि सन् २०२३ मा जेन दीपिका गारेट अन्तिम २० बाटै बाहिरिएकी थिइन् । अहिलेसम्म मिस युनिभर्सको इतिहासमा मनिता देवकोटा सन् २०१८ मा अन्तिम १० को फाइनलिस्ट बनेकी थिइन् ।

त्यसयता नेपालले मनिताकै कीर्तिमान तोड्न सकेको छैन । सन् २०२४ देखि सान्चेज पनि मिस युनिभर्स नेपालको समूहकी सदस्य बन्ने भएकी छन् । जसले ग्रुमिङदेखि तयारीमा समेत उनको सहभागिता हुनेछ । विश्व सुन्दरी प्रतियोगितामा पावर हाउस मानिने भेनेजुएलाकी सुन्दरी भएकाले पनि सान्चेजले आफ्नो अनुभवलाई नेपालमा प्रयोग गर्ने अनुमान छ ।

सोही आधारमा राष्ट्रिय निर्देशक पुरी र सान्चेजको उक्त अभिव्यक्ति आएको हो वा यो एउटा महत्वाकांक्षा मात्र हो ? यो चासोको विषय हो किनभने ब्युटी पेजेन्टमा नेपालको चर्चा बढी तर उपलब्धि शून्य देखिएको अवस्था छ । के मिस युनिभर्स नेपालको नयाँ टिमले यो खडेरी तोड्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?