+
+

ललितपुर मेयर कप : फ्रिडम र कुपण्डोल फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १९:४२

२७ पुस, काठमाडौं । फ्रिडम ‘ए’ र कुपण्डोल ४० प्रथम कुसुन्ती ललितपुर मेयर कप एट ए साइड भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा फ्रिडम ‘ए’ आफ्नै ‘बी’ टिमलाई टाइब्रेकरमा २–१ गोलले पराजित गर्‍यो। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।

जावलाखेलमा भएको अर्को सेमिफाइनलमा कुपण्डोल ४० ले तकामी भेट्रानलाई ३–० गोलले हरायो ।

विजयी टिमका लागि निलेन्द्र देवान, राजु तामाङ र उज्ज्वल श्रेष्ठले समान १–१ गोल गरे । ललितपुर महानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?