+
+

प्रधानमन्त्री कपमा एपीएफका सन्दीप जोराले बनाए शतक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १२:४३

२९ पुस, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल एपीएफ क्लबका सन्दीप जोराले शतक बनाएका छन् ।

आइतबार त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्धको खेलमा उनले १०३ बलमा १०१ रन बनाएका हुन् । उनले ५ छक्का र ६ चौकाको मद्दतमा शतक बनाएका हुन् ।

टस जितेर बागमतीले फिल्डिङ रोजेपछि एपीएफले ब्याटिङ गरेको थियो । सुरुमा ४१ रन बनाउँदा ५ विकेट गुमाएको एपीएफका लागि पाँचौ नम्बरका आएका सन्दीपले लोकेश बमसँग ६१ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म पुर्‍याएका थिए ।

त्यस्तै उनले भुवन कार्की र अमर रौतेलासँग पनि साझेदारी गर्दै एपीएफलाई २ सयमाथिको स्कोरमा पुर्‍याए । सन्दीपले शतक बनाउँदा एपीएफले ४६ ओभरको खेल सकिँदा ८ विकेट गुमार २१६ रन बनाएको छ ।

यसवर्षको प्रधानमन्त्री कप क्रिकेटमा शतक बनाउने सन्दीप दोस्रो खेलाडी हुन् । शनिबार नेपाल पुलिसका रसिद खानले पनि शतक बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?