१ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपीएफको कसिलो बलिङ गरेपछि कोशी प्रदेश १३५ रनमा अलआउट भएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशीका लागि फिदोर अन्सारीले ५५ रनको अर्धशतकीय पारी खेले ।
कप्तान अंकित १३ रनमा क्याच आउट भए भने सोनु अन्सारी २० रन बनाए । आशिष भट्टराईले १० र सोनु मण्डलले ११ रन बनाए । अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एपीएफका लागि रोहित पौडेल र अभिनास बोहोराले समान ३/३ विकेट लिए । अमर रौतेलाले २ विकेट लिए, भुवन कार्की र श्याम ढकालले १/१ विकेट लिए ।
 
                    










 २०८० माघ  १ गते १३:२१
                        २०८० माघ  १ गते १३:२१                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4