+
+

मेस्सीले जिते तेस्रो पटक फिफा बेस्ट अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १०:३५

२ माघ, काठमाडौं । वर्षको उत्कृष्ट पुरुष खेलाडीले पाउने फिफा बेस्ट अवार्ड अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले हात पारेका छन् ।

इन्टर मियामीका मेस्सीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारेका हुन् । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पे उत्कृष्ट खेलाडीको दौडमा तेस्रो भए ।

३६ वर्षीय मेस्सीले जुनमा अमेरिकी मेजर लिग सकर एमएलएस क्लब इन्टर मियामीमा सर्नुअघि सन् २०२३ को सुरुवात पेरिस सेन्ट जर्मेन पीएसजीबाट गरेका थिए ।

उनले पीएसजीका लागि सन् २०२३ मा नौ गोल गरे । उनले फ्रेन्च लिग वान् उपाधि जितेका थिए । पीएसजी छाडेर इन्टर मियामी गएपछि उनले अमेरिकामा लिग कप जिते । उनले इन्टर मियामीका लागि ७ खेलमा १० गोल गरे ।

सन् २०१६ मा नयाँ ढाँचामा सुरु भएको यो अवार्ड मेसीले तेस्रो पटक जितेका हुन् । यसअघि उनले सन् २०१९ र २०२२ मा पनि यो अवार्ड जितेका थिए । उनले सन् २०१६ र २०२२ मा अवार्डको यो ढाँचा सुरु गरेपछि तेस्रो पटक उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका थिए ।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लन्डनमा पुरुष प्रशिक्षकको अवार्ड जितेका छन् ।

सिटीका इडर्सनले रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनौलाई पछि पार्दै गोलकिपर अवार्ड जितेका थिए ।

सिटीले २०२२-२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल जितेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?