+
+

ऐतिहासिक कथावस्तुमा फिल्म ‘मोदीबेनी’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १३:१०

काठमाडौं । ऐतिहासिक कथावस्तुमा फिल्म ‘मोदीबेनी’ निर्माण हुने भएको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई शंकर कोइरालाले निर्देशन गर्दैछन् ।

फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहनेछन् । म्युजिक भिडियो, विज्ञापन तथा सिरिज निर्माण गर्दै आइरहेको निर्माण कम्पनी डिनेस्ट इन्टरटेनमेन्टको वार्षिकोत्सवको अवसर पारी शीर्षक सार्वजनिक गर्दै फिल्म घोषणा गरिएको हो ।

पैतीस-चालीस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्ने निर्माता केसीले जानकारी दिए । आनन्दविक्रम क्षेत्रीले लेखेको यो फिल्म माघ महिनामा नै छायांकन जानेछ ।

कलाकारबारे भने जानकारी गराइएको छैन । फिल्ममा चर्चित कलाकार रहने र केही दिनमा सार्वजनिक गरिने निर्देशकले जानकारी दिए । केही कलाकार अडिसनमार्फत समेत छनोट गरिएको जनाइएको छ ।

निर्देशक कोइरालाले दुई दशकदेखि चलचित्र तथा म्युजिक भिडियो सम्पादन र १० वर्षयता विज्ञापन, वृत्तचित्र, म्युजिक भिडियो तथा सिरिज निर्देशन र सम्पादन गर्दै आएका छन् । उनले निर्देशक तुलसी घिमिरेका केही फिल्म सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?