+
+

एप्पल बन्यो विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्ड, सामसुङ दोस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १४:०८

अमेरिकी कम्पनी एप्पल पुनः विश्व स्मार्टफोन बजारमा नम्बर वान ब्राण्ड बनेको छ । विश्व स्मार्टफोनको बजार हिस्सामा एप्पलले सामसुङलाई पछि पार्दै सबैभन्दा ठूलो स्मार्टफोन कम्पनीको ताज खोसेको हो ।

विश्व स्मार्टफोन बजारमा एक दशकपछि पहिलोपटक एप्पल सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोनको रुपमा पुनरागमन गर्न सफल भएको हो । इन्टरनेसनल डाटा कर्पोरेसनको रिपोर्ट अनुसार सन् २०२३ को वार्षिक तथ्यांक अनुसार विश्व स्मार्टफोन बजारमा एप्पलको हिस्सा २०.१ प्रतिशत रहेको छ ।

सन् २०२२ मा एप्पलले विश्वको स्मार्टफोन बजारको १८.८ प्रतिशत हिस्सा ओगटेको थियो । अर्थात् पछिल्लो वर्ष एप्पलले ३.७ प्रतिशतको वृद्धि हासिल गरेको छ । उता स्मार्टफोन बजारमा सामसुङको बजार हिस्सा १९.४ प्रतिशतमा झरेको छ । सन् २०२२ मा सामसुङका स्मार्टफोनले विश्व बजारमा २१.७ प्रतिशत हिस्सासहित शीर्ष स्थान कब्जा गरेका थिए ।

चिनियाँ ब्राण्ड शाओमीको बजार हिस्सा पनि गत वर्ष ४.७ प्रतिशतले घटेको छ । सन् २०२२ मा विश्व स्मार्टफोन बजारमा १२.७ प्रतिशत हिस्सा ओगटेको शाओमीको बजार हिस्सा सन् २०२३ मा १२.५ प्रतिशतमा झरेको छ ।

त्यस्तै विश्व स्मार्टफोन बजारमा अर्को चिनिया ब्राण्ड ओप्पोको बजार हिस्सा पनि घटेर ८.८ प्रतिशत कायम भएको छ । यता Transsion कम्पनीको बजार हिस्सामा भने ३०.८ प्रतिशतको वृद्धि देखिएको छ । सन् २०२२ को ६ प्रतिशतबाट बढेर उक्त कम्पनीको बजार हिस्सा ८.१ प्रतिशतमा पुगेको छ ।

आइडिसीको रिपोर्ट अनुसार गत वर्ष सबैजसो त्रैमासिकहरुमा आइफोनको बिक्रीमा बढोत्तरी भएको थियो र चौथो त्रैमासिकमा मात्रै एप्पलले ८ करोड ५ लाख गोटा आइफोन बिक्री गरेको थियो ।

स्मरण रहोस् विश्व बजारमा सन् २०२३ मा सगम्र रुपमा स्मार्टफोनको बिक्री भने घटेको छ । गतवर्ष विश्वमा एक अर्ब १७ करोड गोटा स्मार्टफोन बिक्री भए ।

सन् २०२३ मा कुन कम्पनीले कति स्मार्टफोन बिक्री गरे ?

  • एप्पल : २३ करोड ४६ लाख
  • सामसुङ : २२ करोड ६६ लाख
  • शाओमी : १४ करोड ५९ लाख
  • ओप्पो : १० करोड ३१ लाख
  • ट्रान्सन : ९ करोड ४९ लाख एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?