+
+

सडकका पाँच ठेक्का तोड्ने प्रक्रिया सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १७:२३
ग्वार्को-लाकुरी भञ्ज्याङ सडक/फाइल तस्वीर

३ माघ, काठमाडौं । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले पाँच वटा ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ ।

बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै डिभिजन सडक भक्तपुरले ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का किन नतोड्ने भन्दै सात दिने सूचना निकालेको हो ।

डिभिजनका अनुसार लामा कन्स्ट्रक्सन एन्ड सप्लायर्सले २९ चैत २०७८ मा गरेको ग्वार्को– लाकुरी भञ्ज्याङ–पनौती सडक मर्मत ठेक्का तोड्ने प्रक्रिया थालेको छ ।

यस्तै च्यामासिंह–नाला बनेपा सडक मर्मतको १० मंसिर २०७६ मा एनएस बिल्डर्सले लिएको ठेक्का पनि डिभिजनले तोड्ने प्रक्रियाअन्तर्गत् सूचना निकालेको छ ।

यसैगरी सल्लाघारी–दरबार स्क्वायर सडक मर्मतको १७ फागुन २०७७ मा सम्झौता गरेको गौतम कन्सट्रक्सनको ठेक्का पनि तोड्ने प्रक्रिया सुरु गरेको हो ।

२०७७ फागुनबाट ओम नीलकण्ठेश्वर निर्माण कम्पनीले लिएर काम नगरेको भन्दै अरनिको राजमार्गअन्तर्गत् चल्नेढुङ्गा–खावा–दोलालघाट सडक खण्डको ठेक्का रद्द गर्न ७ दिने सूचना निकालेको छ ।

यस्तै सडक डिभिजन भक्तपुरले काभ्रे त्रिवेणीघाटको बङ्खु खोला पुल निर्माण नगरेको भन्दै बानियाँ, कान्तिपथ जेभीसँग पनि ठेक्का रद्द गर्न सूचना निकालेको छ ।

सडक डिभिजनले तोकिएको समयवधिभित्र निर्माण कार्य सम्पन्न नगरेको भन्दै मौखिक, टेलिफोन, पत्राचार र सार्वजनिक सूचना प्रकाशित गर्दा पनि सम्पर्कमा नआएकोले ठेक्का तोड्नुनपर्ने कारणसहित सात दिनभित्र स्पष्टीकरण दिन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?