+

पायल्सका बिरामीले के खाने, के नखाने ?

२०८० माघ  ४ गते ९:४६ २०८० माघ ४ गते ९:४६
पायल्सका बिरामीले के खाने, के नखाने ?

पायल्स एक पीडादायी रोग हो जसमा शौच गर्दा बिरामीले असहनीय पीडा भोग्नु पर्ने हुन्छ । पायल्समा मलद्वार वरपर वा मलद्वारको तल्लो भागका नसाहरू सुन्निन्छ, जसले गर्दा शौच गर्दा दुख्ने र जलन हुने र कहिलेकाहीँ रगत पनि आउन सक्छ ।

पायल्समा मलद्वारबाट रगत बग्ने र शौच गर्दा कडा दुख्ने मात्र होइन, बस्न र सुत्न पनि समस्या हुन्छ । यो रोगमा गलत खानपानले समस्या र रोग बढाउन सक्छ । त्यसैले पायल्समा खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ । पायल्सको उपचारका लागि औषधिसँगै खानामा पनि विशेष ध्यान दिनुपर्छ । त्यसैले जसलाई पायल्सको समस्या छ उसले के खाने र के नखाने भन्ने थाहा पाउनु पर्छ ।

पायल्सको समस्यामा के नखाने ?

पायल्स भएकाले कब्जियत हुने खालका खानेकुरा खानुहुँदैन । यसमा मैदाजन्य परिकार, माछा, मासु, अण्डा, तारेको, भुटेको, मसालेदार खाना, अदुवा, मरीच, खुर्सानी, रक्सी, चुरोट खानु हुँदैन ।

मासु वा प्रशोधित मासुमा फाइबर (रेशा) कम हुने भएकाले पाचन प्रक्रियामा समस्या हुन पुग्छ र कब्जियतको समस्या सुरु हुन्छ । त्यसैले पायल्सको समस्या भएका व्यक्तिहरूको मासुको सेवन कम गर्नुपर्छ ।

भुटेको, तारेको खाना खाँदा पाचन प्रक्रियामा समस्या हुन्छ । यस्ता खाना खाँदा पच्न गाह्रो हुन्छ । त्यसले यस्ता खाना पनि नखानु नै उचित हुन्छ । मादक पदार्थको सेवनले दिसा झन् साह्रो हुने भएकाले दिसा गर्ने समयमा दुखाई झन् बढ्छ ।

अत्यधिक मसलेदार, अमिलो, पिरो खाने कुरा खानुहुँदैन । किनकि यस्ता खानेकुराले बिरामीको दुखाइ र जलन हुने समस्या बढ्छ ।

त्यसै गरी चिया, दही, कफी, कोल्ड ड्रिङ्क, पाउडरजन्य खानेकुराले पनि गर्मी गराउने भएकाले कब्जियतको समस्या ल्याउन सक्छ ।

के खाने ?

सम्पूर्ण अन्न :अन्नमा प्रशस्त फाइबर पाइन्छ । यसले पाचन प्रणालीलाई राम्रोसँग काम गर्न मद्दत गर्छ र पेटलाई सजिलै सफा गर्छ । त्यसैले पायल्स भएमा ओट्स, ब्राउन राइस र होल गहुँ आदिलाई आहारमा समावेश गर्नुहोस् । दालको सेवन पनि फाइदाजनक हुन्छ ।

फलफूल : प्रशस्त मात्रामा फलफूलको सेवन गर्नुहोस्- फलफूलमा केरा, स्याउ, अङ्गुर, तरबूज, नाशपाती, जामुन र सुन्तला आदि समावेश गर्नुहोस् । भिटामिन बाहेक यसमा फाइबर पनि हुन्छ जुन पायल्समा फाइदाजनक हुन्छ ।

हरियो सागसब्जी : हरियो सागपातको सेवनले पायल्सको समस्याबाट राहत मिल्छ । यसमा धेरै प्रकारका एन्टिअक्सिडेन्ट, भिटामिन र लवण हुन्छन् जसले पायल्सको लक्षणलाई कम गर्न मद्दत गर्छ । यसका लागि पालक, बन्दागोभी र ब्रोकाउली आदिको सेवन गर्नुपर्छ ।

प्रशस्त मात्रामा पानी पिउने : पेटको अधिकांश समस्याको उपचार पानी हो । यदि पायल्सबाट पीडित हुनुहुन्छ भने पर्याप्त मात्रामा पानी पिउनुपर्छ । यसो गर्नाले पाचन प्रणाली राम्रोसँग काम गर्छ, कब्जियत हुँदैन र पेट सफा गर्न सजिलो हुन्छ ।

सलाद : मूला, गाँजर, काँक्रोमा राम्रो मात्रामा फाइबर हुन्छ । जसले खाना पचाउन र कब्जियतको समस्याबाट राहत प्रदान गर्न मद्दत गर्दछ । साथै यसमा पानीको मात्रा पनि हुन्छ ।

भेडेखुर्सानीः भेडेखुर्सानीमा पानी र फाइबरको अनौठो संयोजन हुन्छ । यसले पेट सफा गर्न र पायल्सको समस्यालाई हटाउन मद्दत गर्छ । त्यसैले पायल्सको समस्या भएका व्यक्तिले खानामा भेडेखुर्सानी पनि समावेस गर्नु राम्रो हुन्छ ।

avoid food for piles पायल्स
डा. सुवर्ण पौडेल
लेखक
डा. सुवर्ण पौडेल
क्षारसूत्र विज्ञ

नेपाल आयुर्वेद चिकित्सा परिषद् दर्ता नम्बर : ५२७ आयुर्वेदिक चिकित्सा र शल्य चिकित्सामा स्नातक (त्रिभुवन विश्वविद्यालय), क्षारसूत्र प्रमाणपत्र पाठ्यक्रम (आईक्योर मुम्बई, भारत) हाल मेदान्त आयुर्वेद हेल्थ होममा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय