+
+

बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते ८:०९

५ माघ, काठमाडौं । तेस्रो श्रेणीको क्लब युनिओनिस्तास विरुद्ध पुनरागमन जित निकाल्दै बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा बार्सिलोनाले युनिओनिस्टास विरुद्ध एक गोलले पछि परेको स्थिति उल्टाउँदै ३-१ को जित निकालेको हो ।

अल्भारो गोमेजेले ३१औं मिनेटमा गोल गर्दै घरेलु टोली युनिओनिस्टासलाई पहिले अग्रता दिलाएका थिए ।

तर फेरान टोरेसले पहिलो हाफको अन्तिममा बार्सिलोनाका लागि बराबरी गोल फर्काए । त्यसपछि दोस्रो हाफमा बार्सिलोनाले दई गोल गर्‍यो ।

जुल्स कुन्डेले ६९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । त्यसपछि ७३औं मिनेटमा अलेजान्द्रो बाल्डेले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

स्पानिस सुपर कपको फाइनलमा रियल मड्रिडसँग पराजित भएपछि प्रशिक्षक जाभीले बार्सिलोनाको पहिलो रोजाइमा परिवर्तन गर्दै रोवर्ट लेवान्डोस्कीको स्थानमा मार्क गुइउलाई सुरुमा खेलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?