+
+

खैरो हेरोइनसहित ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते ८:२१

५ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ देबरियाबाट ६ ग्राम ८७० मिलिग्राम खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका–६ बस्ने १८ वर्षीय राज चौधरी, पुनर्वास नगरपालिका–१ बस्ने २१ वर्षीय हरिलाल राना, ३२ वर्षीय कनैया राना, १९ वर्षीय अभिसेन राना र १८ वर्षीय अर्जुन राना रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले जानकारी दिए ।

उनका अनुसार प्रदेश अपराध अनुसन्धान समूह (आरआईटी) का प्रहरी नायव निरीक्षक प्रकाशबहादुर कडायत, लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरका प्रहरी हबल्दार पदम विष्ट र जिप्रका कैलालीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका पाँचै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?