+
+

आयोजक सहारा क्लबलाई हराउँदै थ्री स्टार क्वार्टरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १६:३८

९ माघ, पोखरा । आयोजक सहारा क्लबलाई हराउँदै थ्री स्टार क्लब आहारारा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २-१ ले हरायो ।

थ्री स्टारलाई जिताउन योगेश गुरुङ र एञ्जल महर्जनले गोल गरे । सहाराका आशिष गुरुङले १ गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

खेलको पाँचौं मिनेटमै थ्री स्टारले अग्रता लिएको थियो । थ्री स्टारका योगेश गुरुङले प्रतियोगिताका लागि पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

थ्री स्टारका कप्तानसमेत रहेका गुरुङले डिबक्स क्षेत्रभित्र विपक्षी गोल रक्षक टेकेन्द्र थापासँग ठोक्किएर आएको रिबाउन्ड बललाई गोलमा परिणत गरेका थिए ।

खेलको २३ औं मिनेटमा सहाराका आशिष गुरुङले गोल गर्दै खेललाई बराबरीमा ल्याए । लक्ष्मण रुचालले दायाँबाट हानेको फ्रिकिकमा उनले हेडमार्फत बललाई जाली चुमाएका हुन् ।

खेलको पहिलो हाफ दुवै टिमबीच कडा प्रतिस्पर्धा देखिएको थियो । सहाराले खेललाई बराबरीमा ल्याएसँगै विपक्षी टिमलाई दबाबमा समेत राखेको थियो ।

तर, दोस्रो हाफमा भने घरेलु टोली सहाराले लय गुमाउन पुग्यो । खेलको ५९ औं मिनेटमा थ्री स्टारका एन्जल गुरुङले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै जितको नजिक पुगेका थिए ।

खेलको दोस्रो हाफमा थ्री स्टारले सहारालाई दबाबमा राखेको थियो । खेलमा पहिलो गोल गरेका थ्री स्टारका कप्तान योगेश गुरुङ म्यान अफ दी म्याच घोषित भएका छन् ।

शनिबार हुने क्वार्टर फाइनलमा थ्री स्टारले भुटानको पारो एफसीसँग खेल्ने छ । दोस्रो खेल भोलि बुधबार राइजिङ स्टार एफसी र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?