+
+

फागुन १२ गतेबाट पाँचथर गोल्डकप हुने, दर्शकको समेत बीमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १८:१६

१० माघ, पाँचथर । पाँचथर गोल्डकपको चौथो संस्करण फागुन १२ गतेबाट हुने भएको छ ।

आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन चार वर्षको विश्रामपछि यसपालि प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।

अन्तिम पटक २०७६ को चैतमा भएको यो प्रतियोगिता त्यसपछि विभिन्न कारणले रोकिंदै आएको थियो ।

आयोजकले यसपटक प्रतियोगिता फागुन १२ गतेबाट १९ गतेसम्म हुने जानकारी दिएको छ । प्रतियोगिताका खेल फिदिम माविको खेलमैदानमा हुनेछ ।

८ टिमको सहभागिता हुने प्रतियोगितामा एक अन्तर्राष्ट्रिय टिम पनि समावेश हुने आयोजकले जनाएको छ । प्रतियोगितामा एक टिम आयोजकको हुनेछ । प्रतियोगितामा सहभागी टिमहरुको टुङ्गो लाग्न केही समय लाग्ने आयोजक क्लबका सचिव योगराज सेढाइले जानकारी दिए ।

उनका अनुसार मोफसलका झापा, मोरङ सहित ए डिभिजन लिग खेल्ने टिम र एनएसएल खेल्ने टोलीहरुलाई सहभागी गराउने प्रयास भइरहेको छ ।

प्रतियोगिताको विजेताले ५ लाख ५ हजार, दोस्रोले दुई लाख २ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी खेलाडी, अफिसियलका साथै २०० जना दर्शकको समेत सामूहिक बीमा गरिएको आयोजकले जानकारी दिए ।

व्यवस्थित खेलमैदान नभएको र बाँसको अस्थायी प्यारापिटबाट दर्शकले खेल हेर्नुपर्ने भएकाले दर्शकको समेत बीमा गरिने आयोजकले जनाएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?