+
+

माल्टामा आप्रवासी नेपालीले सुरु गरे ‘हेल्प लाइन’ सेवा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १३:४८

काठमाडौं । माल्टामा रहेका आप्रवासी नेपालीहरुले ‘हेल्प लाइन’ सेवा सुरु गरेका छन् ।

माल्टामा समस्या परेका नेपालीहरुलाई सहयोग तथा परामर्श दिने उद्देश्यले माल्टामा रहेका आप्रवासी नेपालीहरुले हेल्प लाइन सेवाको सञ्चालन गरेका हुन् ।

माल्टामा रहेको हिमालय रेष्टुरेन्टबाट हेल्प लाइनबाट हेल्प लाइन सेवाको सुरुवात गरिएको रेष्टुरेन्टका सञ्चालक समेत रहेका डिएस राणाले जानकारी दिए ।

उनले रोजगारीका लागि माल्टामा आएर अलपत्र परेर खान बस्न समस्यमा भएका नेपालीहरुलाई सहयोग गर्न हेल्प लाइन सेवा सुरु गरिएको बताए ।

माल्टामा समस्यामा परेका नेपालीहरुले फेसबकु, ह्वाट्स एप लगायतका सामाजिक सञ्जालबाट सेवा लिन सक्ने हेल्प लाइन सेवाका प्रवक्ता असीम लोप्चनले बताए ।

त्यस्तै +३५६७७६२५०८१ नम्बरमा फोन वा ह्वाट्स एपमा सम्पर्क गरेर पनि सेवा लिन सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?