+
+

कर्णालीमा शतप्रतिशत मतदान, ४ बजेबाट मतगणना

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १४:२०

११ माघ, सुर्खेत । राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदानमा शतप्रतिसत मत खसेको सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले जानकारी दिए ।

‘मतदान सम्पन्न भएको छ । मत पनि सतप्रतिसत खसेको छ,’ सहायक निर्वाचन अधिकृत रावलले अनलाइनखबरसँग भने, ‘अब दिउँसो ४ बजेबाट मतगणना हुन्छ । नतिजा पनि आज नै आउँछ ।’

उनका अनुसार ७९ वटा पालिका रहेको कर्णालीमा १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना नै मतदानमा सहभागी बनेका छन् । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको एक वर्षअगाडि मृत्यु भएको थियो भने जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको कात्तिक १७ गते भूकम्पका कारण मृत्यु भएको थियो ।

कर्णालीमा दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । जस अन्तर्गत गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम)अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् । आज दिउँसो ४ बजेबाट मतगणना सुरु हुने र आज नै नतिजा आउँने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?