+
+

भारत-माल्दिभ्स विवादले सलमानको ‘द बुल’को छायांकन तालिका प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १४:२३

काठमाडौं । सलमान खान र करण जोहरले २५ वर्षपछि सहकार्य गर्दैछन् । यो प्रोजेक्टको नाम ‘द बुल’ हो, जसलाई जोहरले निर्माण गर्दैछन् । यसमा सलमान आर्मी अफिसरको भूमिकामा देखिनेछन् ।

यो फिल्मको छायांकन फेब्रुअरीदेखि सुरु हुने बताइएको छ । बलिउड पोर्टल ‘बलिउड हंगामा’को रिपोर्टलाई विश्वास गर्ने हो भने निर्देशक विष्णुवर्धनले निर्देशन गर्ने यो फिल्मको सुटिङ दुई महिनाका लागि स्थगित गरिएको छ । भारत र माल्दिभ्सबीच चलिरहेको विवादका कारण यस्तो भएको हो ।

फिल्मसँग सम्बन्धित स्रोतका अनुसार करण, विष्णु र सलमानले फिल्मको पटकथा तय गर्न अझै केही समय लिनेछन् । स्क्रिप्टमा केही परिवर्तन गर्दै उनी भारत र माल्दिभ्सबीचको सम्बन्ध सुधार हुने पर्खाइमा छन् । सबै कुरा ठीक भएपछि निर्माताले फिल्मको छायांकन सुरु गर्नेछन् । अहिलेको लागि फेब्रुअरीको छायांकन तालिका करिब दुई महिनाको लागि स्थगित गरिएको छ ।

स्रोतले भन्यो, ‘अहिले निर्देशक विष्णुले फिल्मको कथामा परिवर्तन गरिरहँदा करणले फिल्मको सुटिङसँग सम्बन्धित अन्य उपाय पनि सोचिरहेका छन् । यसैबीच सलमानले अन्य स्क्रिप्ट पनि पढिरहेका छन् ।’

फिल्म ‘द बुल’को कथा सन् १९८८ को प्रसिद्ध अपरेसन क्याक्टसमा आधारित छ । माल्दिभ्सलाई आतंकवादी हमलाबाट बचाउन भारतीय सेनाले यो अपरेसन गरेको हो । फिल्मका लागि सलमानले तौल घटाउने तालिम लिइरहेका छन् ।

१५ नोभेम्बर २०२३ मा चीन समर्थक मानिने माल्दिभ्सका नयाँ राष्ट्रपति मोहम्मद मुइज्जुले कार्यभार सम्हालेयता भारत र माल्दिभ्सको सम्बन्ध चिसिएको छ । मुइज्जुले आफ्नो चुनावी अभियानमा ‘इन्डिया आउट’को नारा दिएका थिए । सत्तामा आएपछि उनले माल्दिभ्समा रहेका भारतीय सैनिकलाई फिर्ता गर्न आदेश दिएका थिए ।

उनले भारतसँगको हाइड्रोग्राफिक सर्वेक्षण सम्झौता खारेज गर्ने घोषणा पनि गरेका थिए । यसपछि माल्दिभ्सका दुई मन्त्रीले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको लक्षद्वीप भ्रमणलाई लिएर आपत्तिजनक टिप्पणी गरेका थिए । त्यसयता भारत र माल्दिभ्सबीचको सम्बन्ध चिसिएको छ ।

सलमानको ‘द बुल’लाई धर्मा प्रोडक्सनको विशेष प्रोजेक्ट भनिएको छ । यशराज फिल्म्सको ‘टाइगर भर्सेस पठान’को सुटिङ पनि मार्चबाट सुरु हुने भएकाले दुवै फिल्मका लागि समय व्यवस्थापन गर्नुपर्ने चुनौती सलमानसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?