+
+

भरतपुरमा २६ माघदेखि मेयर कप विद्यालयस्तरीय क्रिकेट हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १६:१६

११ माघ, चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी २६ माघदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ‘मेयर कप अन्तर्विद्यालय क्रिकेट प्रतियोगिता’ गर्ने भएको छ ।

चितवन जिल्ला क्रिकेट संघ सहआयोजना रहने प्रतियोगितामा चितवन जिल्लाका २० विद्यालय सहभागी हुनेछन् । गौतमवुद्ध क्रिकेट रंगशालाको नमूना क्रिकेट मैदानमा हुने खेलमा १० वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालय रहने चितवन जिल्ला क्रिकेट संघका सचिव सुरज ज्ञवालीले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजन एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज चितवनले गर्ने भएको छ ।

भरतपुर महानगरपालिका र एक्सपर्ट एजुकेसन बीच भएको मुख्य प्रयोजन समझदारी पत्रमा भरतपुर महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र एक्सपर्टका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् ।

प्रतियोगितामा सहभागी हुने चितवनका १० वटा सामुदायिक विद्यालयलाई एक्सपर्टले आठ लाख साठी हजार बराबरका खेलकुद सामग्री प्रदान गर्न लागेको हो ।

प्रतियोगितामा एक्सपर्टले १६० खेलाडीलाई जर्सी, १० वटा टिमलाई न्यूनतम खेलकुद सामग्री (किट), विजेता एक टिमलाई ६० हजार र उपविजेता एक टिमलाई ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्रदान गर्न लागेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

समझदारी पत्रमा हस्ताक्षरपछि भरतपुर महानगरपालिका मेयर रेनु दाहालले महानगरको आधिकारिक खेलकुद प्रतियोगितामा निजी क्षेत्रबाट सहयोग आउनु सकारात्मक भएको बताइन् । उनले विद्यालयस्तरमा हुने क्रिकेट प्रतियोगिताले प्रतिभावान खेलाडीहरुको जन्म हुने बताइन् ।

चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले निजी सरकारी र निजी क्षेत्रको सहकार्य भए मात्रै खेलकुद गतिविधि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?