+
+

यू-१९ महिला साफ च्याम्पियनसिपको उपाधि लक्ष्य

नमिता दाहाल नमिता दाहाल
२०८० माघ १५ गते ८:०२

१५ माघ, काठमाडौं । नेपाली यू-१९ महिला टिम बंगलादेशमा हुने यू-१९ साफ च्याम्पियनसिपको तयारीमा छ । उमेर समूह खेलेका खेलाडीको बाहुल्यता रहेको टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ ।

विगतमा जस्तै यसपटक पनि अखिल नेपाल फुटबल संघ एन्फाले खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छानेको थियो । जहाँ ६ नयाँ अनुहार छन् । अन्तिम २३ मा रहेका अन्य खेलाडीमा यू-१५, यू-१७ र यू-२० खेलिसकेका छन् ।

टिमलाई ३ हप्ताको छोटो तयारी गराएका प्रशिक्षक बालगोपाल साहुखल युवा खेलाडीले उच्च प्रदर्शनसहित उपाधि जित्नेमा विश्वस्त छन् ।

‘हामीले यो तीन हप्तामा टिममा केही फरकपन पाएका छौं, टिम राम्रो बनेको छ,’ अनलाइनखबरसँग उनले भने, ‘मेरो आफ्नो रणनीति अवलम्बन गरेको थिएँ । सोही कुरा बहिनीहरुले राम्रोसँग सिकेका छन् ।’ साहुखलले यसअघि यू-२० पुरुष टिमको सहायक प्रशिक्षक रहेर काम गरिसकेका छन् ।

टिमको कप्तानको जिम्मेवारी पाएकी सारा बज्राचार्य टिमको प्रशिक्षण राम्रो भएको बताउँदै उपाधि लक्ष्य बंगालदेश जाने बताउँछिन् । ‘छोटो समयको प्रशिक्षण भए पनि हाम्रो टिमवर्क राम्रो भएको छ । जसले गर्दा हामीले थोरै समयमा धेरै कुरा सिकेका छौं ।’

२ फेब्रुअरीदेखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छ्न । नेपालको लागि तीनै टिम प्रतिस्पर्धी रहेको कप्तान साराले बताइन् । ‘हाम्रो लागि सबै टिम उत्तिकै प्रतिस्पर्धी छन् । जसमा भारत दक्षिण एसियामा नै राम्रो छ, बंगलादेश पनि यू-१९ जितिरहेको टिम हो र भुटान टिममा पनि उनीहरको महिला लिगका कारण निकै राम्रा खेलाडीहरु छन् ।’

भारत दक्षिण एसियामा दबदबा बनाएको टिम हो भने बंगलादेश उमेर समूहमा निकै राम्रो टिम हो । जसमा बंगालदेशका लागि घरेलु मैदान अर्को बलियो पक्ष हुनेछ ।

‘भारत र बंगलादेशका खेलाडी एकेडेमीका उत्पादन हुनेछन्, हाम्रो भने पहिला उमेर समूह खेलिसकेका र केही नयाँ खेलाडीहरु छन् । हामी सबै एउटै स्तरका टिम हौं’, प्रशिक्षक साहुखलको मूल्यांकन छ ।

प्रतिस्पर्धी बलिया भए पनि आफूहरुले निकै सकरात्मक मानसिकताका साथ उपाधि जित्ने लक्ष्य लिएको प्रशिक्षक साहुखल दाबी गर्छन् । ‘हामी त्यहाँ गएपछि हाम्रो लक्ष्य उपाधि नै हो । मैत्रीपूर्ण खेलमा पनि हाम्रो राम्रो भइरहेको छ । ‘

नेपालले २ फेब्रुअरीमा घरेलु टोली बंगलादेशसँगको खेलबाट प्रतियोगिता सुरु गर्ने छ । ४ फेब्रुअरीमा भुटानसँग खेल्ने नेपालले ६ फेब्रुअरीमा भारतसित खेल्ने छ ।

टिममा यू-१५ र यू-१७ साफ च्याम्पियनसिपमा उत्कृष्ट गोलकिपरको उपाधि जितेकी सुजाता तामाङ पहिलो रोजाइको गोलकिपरको रुपमा छिन् । आफ्नो अनुभवले टिममा राम्रो गर्ने बताउने उनी भन्छिन्, ‘मैले मेरो अनुभवले देशलाई जिताउने कोसिस गर्नेछु । मैले जानेको कुरा टिमलाई सम्झाउँदै टिम बिल्ड गर्नेछु ।’

गोलकिपर सुजाता तामाङ ।

टिममा रहेका खेलाडीमा कुनै पनि चोट वा शारीरिक समस्या नभएकाले पनि प्रशिक्षक ढुक्क छन् । ‘खेलाडीमा हालसम्म कुनै पनि इन्जुरीको समस्या छैन,’ उनी भन्छन्, ‘इन्जुरी भएको भए, पोजिसनमा आधारित भएर खेलाउन गाह्रो हुन्थ्यो ।’

नेपाली टिममा रहेको सबैभन्दा बलियो पक्ष भनेको टिम वर्क हो । खेलाडीमा एकताको भावना आफूले पाएको बताउँदै उनी युवा खेलाडी शारीरिक रुपमा बलिया र छरिता रहेका बताउँछन् ।

राष्ट्रिय टिमको बेञ्च स्ट्रेन्थ

नेपालमा ३ वर्ष यता महिला लिग भएको छैन । जसका कारण महिला टिममा खेलाडी परिवर्तन र प्रतिस्पर्धाको विकल्प छैन । यसो हुँदै गर्दा उमेर समूहका खेलाडी राष्ट्रिय टिमको बेञ्च स्ट्रेन्थ रहेका छन् । यसपटक साउदी अरेबियामा हुन लागेको वाफ महिला च्याम्पियनसिप खेल्ने राष्ट्रिय टिममा पनि उमेर समूहबाट आएका खेलाडीलाई समेट्दै प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।

बंगलादेश जाने यू-१० टिममा टिममा पनि ४/५ जना खेलाडी राष्ट्रिय टिममा प्रतिस्पर्धा दिन सक्ने रहेका प्रशिक्षक साहुखलले बताए । ‘महिला लिग नभइरहेको अवस्थामा यो टिमका पनि ४/५ जना खेलाडी केही वर्षपछि राष्ट्रिय टिममा हुनेछन्, त्यो क्षमता मैले यिनीहरुमा देखेको छु,’ एन्फा कम्लेक्स सातदोबाटोमा प्रशिक्षण गरिरहेका खेलाडी देखाउँदै उनले भने ।

साहुखलले यो टिमबाट निकै सकरात्मक अपेक्षा राख्न अनुरोध गरेका छन् । ‘राम्रो अपेक्षा राख्नुस् । हामीमा शारीरिक क्षमता छ । महिला लिग नहुँदा खुल्ला छनोट गर्दा पनि मैले केही सकरात्मक पक्ष यो टिममा देखेको छु ।’

तर पन खेलाडी उत्पादनमा लिग नितान्त जरुरी रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘लिग भयो भने त धेरै राम्रो हो नि ।’

तस्वीर तथा भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?