+
+

एमाले कैलालीको नवौं अधिवेशनको नारा र लोगो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १७:१७

१९ माघ, धनगढी । नेकपा एमाले कैलालीले नवौं जिल्ला अधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ ।  शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला कमिटिले नारा र लोगो सार्वजनिक गरेको हो ।

एमाले कैलालीका इन्चार्ज समेत रहेका पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले लोगो सार्वजनिक गरेका हुन् । लोगोमा कर्णाली पुल, शिवपुरीधाम, घोडाघोडी ताल लगायतका ठाउँहरुलाई समेटिएको छ ।

एमालेका कार्यवाहक जिल्ला अध्यक्ष दुर्गाप्रसाद जोशीले अगामी ६ र ७ गते कैलालीको सुखडमा नवौं अधिवेशन हुने बताए ।

जोशीले पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने बताए । पार्टीको अगामी नेतृत्व चयनका लागि कैलालीमा पहिलोपटक नयाँ अभ्यासको थालनी गरिएको पनि उनले बताए ।

सहमतिमा नेतृत्व चयन गर्न र समय छोट्याउन पदाधिकारीमा आकांक्षीहरूले ३ माघमा इच्छापत्र इन्चार्जलाई बुझाउनुपर्ने निर्णय गरेको उनी बताउँछन् ।

त्यसरी बुझाइएका इच्छापत्रका आधारमा ४ र ५ गते आकाक्षीकाबीचमा सहमतिको प्रयास गरिने एमालेले जनाएको छ । एमालेले जिल्ला अधिवेशनका लागि अगामी २७ गते ५६० प्रतिनिधि चयन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?