+
+

लाइन्स लियो फुटसल आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १८:२२

१९ माघ, काठमाडौं । देशभर रहेका लाईन्स लियोबीच आन्तरिक खुल्ला फुटसल प्रतियोगिता माघ २७ र २८ गते आयोजना हुने भएको छ । शुक्रबार लायन्स एन्ड लियो क्लब अफ काठमाडौं प्रयासनगरले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता मिति घोषणा गरेको हो ।

दुई दिने प्रतियोगितामा देशभरबाट २० देखि ३० टोली सहभागी हुने क्लबका सचिव नविन न्यौपानेले बताएका छन् । ‘हामीसँग ३० भन्दा माथि क्लबहरु छन् । अहिलेसम्म १० क्लबले दर्ता गरिसकेका छन् । धेरै भन्दा धेरैलाई सहभागिता गराउँछौँ,’ सचिव न्यौपानेले भने ।

प्रतियोगिता मिट भ्याली कलेज ज्ञानेश्वरको मैदानमा हुनेछ । इच्छुक क्लबले तीन हजार दर्ता शुल्क तिरेर सहभागी हुन पाउनेछन् । क्लबका अध्यक्ष विराट केसीले सामाजिक कार्यबाट माथि उठेर भाइचारा सम्बन्ध बढाउन फुटसल प्रतियोगिता आयोजना गरेको बताए । ‘हामीले धेरै भन्दा धेरै सामाजिक कार्य गर्दै आएका छौँ । पछिल्लो वर्षदेखि भाइचारा सम्बन्ध बढाउन फुटसल प्रतियोगिता आयोजना थालेका हौँ ।’

प्रतियोगिताको विजेताले १५ र उपविजेताले आठ हजार पुरस्कार तथा ट्रफी पाउने अध्यक्ष केसीले बताए । सर्वाेत्कृष्ट खेलाडीले २५ सयसहित ट्रफी पाउनेछन् । प्रतियोगिता आयोजना गर्न अनुमानित एक लाख ५३ हजार खर्च हुने क्लबले जनाएको छ ।

अध्यक्ष केसीले क्लबभित्र जोडिएका राष्ट्रिय खेलाडीले पनि प्रतियोगितामा सहभागी हुन पाउने बताए । पत्रकार सम्मेलनमा लियो क्लब अफ काठमाडौं छाब्दी बाराहीका अध्यक्ष मन्जिता परियारलगायत युवाहरुको सहभागिता थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?